• कुमार खडका  भदौ ३१ पथरी
    पुर्वपश्चिम राजमार्गको कानेपोखरी पथरी सडक खण्डमा आईतवार साझ भएको दुर्घटनामा परि एक जनाको घटनास्थलमै मृत्यु छ भने अर्का एक जना गम्भीर घाईते भएका छन् ।
    पश्चिम बाट पुर्व आईरहेको ना ४० प १९४३ नम्वरको पल्सर मोटरसाईकल र पुर्व वाट पश्चिम गईरहेको बा १५ च २०६३ नम्वरको कार एक आपसमा ठक्कर खादा मोटरसाईकलमा पछाडी सवार रहेका परिचय खुल्न नसेका एक व्याक्तिको मृत्यु भएको प्रहरीले बताएको छ मृतक लाई पोष्टमार्टमका लागि उर्लावारी मंगलवारेको मंगलवारे अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।


    मोटरसाईकलमा सवार २ जना मध्ये खोटाङ नेर्पा ८ वस्ने वर्ष ३० का चन्द« बहादुर गुरुङले चलाएको मोटरसाईकलले विपरीत दिसा मा रहेको कारलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख कमल वजगाईले बताए ।
    गम्भिर घाईते भएका गुरुङकोे पथरी हस्पीटलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको विराट नर्सीङ होम रिफर गरिएको अस्पतालले जनाएको छ ।
    एक प्रत्यक्ष दर्शीका अनुसार मोटरसाईकलमा सवार पछाडी बस्ने व्याक्ति कार र मोटरसाईकल ठक्कर खादा लगभग १० फुट माथी उडेर रोडमा बज्जारीको उनले बताए ।


    कारमा कति जना सवार थिए र को को घाईते भए भनेर खुल्न अहिले सम्म नसकेको र उनिहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनमा परि मोटरसाईकलको अगाडीको भाग छियाछिय भएको छ भने कारको अगाडीको भाग कुचिएको छ । घटनाको जानकारी साझ ६ वजे प्राप्त गरेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…