•  

    इनरुवा, १ असोज

    सुनसरीको कोशी गाउँपालिकाले जनताको सेवाका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ । गाँउपालिकाले जनताको सेवालाई सहज बनाउन र जनतामाथि करको भार पर्न नदिनका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले बताउनुभयो । गाउँपालिकाले मोही नामसारी तथा मोही बाँडफाँट सिफारिश, निवेदन दस्तुर, कच्ची घर प्रमाणित, बसोबास प्रमाणित, नाम थर उमेरलगायत संशोधन, टिनको छाना भएको कच्ची घर कायम सिफारिश, तीनपुस्ते खुल्ने सिफारिशलगायतका सिफारिश निःशुल्क गरेको छ । त्यसैगरी नागरिकता प्रमाणपत्र सिफारिश, नागरिकता सर्जमीन, नागरिकताको प्रतिलिपि सिफारिश, अङ्गीकृत नागरिकता सिफारिश, वैवाहिक अङ्गीकृत, विवाह प्रमाणपत्र, जन्म प्रमाणित, मृत्यु प्रमाणित, बसाइँसराइ प्रमाणित, अविवाहित प्रमाणित, चारित्रिक एवं सूचीकृत वर्ग सिफारिश कोशी गाउँपालिकामा स्थायी बसोबास नभएको हकमा, कृषिसम्बन्धी सिफारिश बोरिङ गर्नेसमेत, व्यवसाय बन्द गर्ने सिफारिश, नाता प्रमाणित नेपालीमा, नाता प्रमाणित अङ्ग्रेजीमा, नम्बरी जग्गाको रुख काट्ने सिफारिश, विद्युत् सिफारिशलगायतका सिफारिश निःशुल्क गर्ने निर्णय भएको गाउँपालिकाकी उपाध्यक्ष अनितादेवी यादवले जानकारी दिनुभयो । रासस

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…