कविता
- लक्ष्मण चौलागाईं
अचानक खोसिएको भाग्य अल्पायुमा चुडिएको जस्तो
यता न उता अलपत्र परिधी जहाँतहि शुन्यता भरिएको जस्तो
अनकन्टार पहाडबाट खस्दै गरेको पत्थर कहि कतै ठोक्किएला जस्तो
न आशा न भरोसा विरानोताले बाधेर खग्रास आकाशको सुर्यग्रहण जस्तो
न टेक्ने खुड्किला न समाउने हांगो धर्ती शुन्य र विरानो जस्तो
हिड्दैछ एउटा बटुवा खोज्दै शितल छहारी बाटो भुलेको जस्तो
समय आफ्नै वहावमा घुमिरहन्छ चलाउदै धर्ती अकाट्य सत्य यो
तर खै कहा पुगेर हराइरहेछु जताततै भिरैभिर यस्तै यस्तै आभाष भो
कहिलेकाही हराउदो रहेछ जिन्दगी बाटैबाटो भए पनि जाने कहाँ पो हो
निसास्सिएर हिडिरहेको छु हावा झै हुरिइरहेछु यस्तै कहानी भो
खै कतिलाई चहर्याएं,खै कतिलाई दुखाएं यस्तैमा जाने बेला पो भो
अन्जान या जानाजान भुलभुलैया जिन्दगी कहि कतै गल्ती पो भो
यस्तै कथामा उनिदो रहेछ जिन्दगी सबैसबै बिरानो भो
हजारौंको भिडमा पनि एक्लो जस्तो यस्तैयस्तै आभाष भो
लेखेको नमेटिने भाविको कलम अप्ठ्यारो पो लेखेछ भो
सहनबहन बेहोर्दै सर्दैछ जिन्दगी अब त जाने बेला पो भो