• दीप खादी लिम्बू
    सेप्टेम्बर-१७
    क्वालालम्पुर,

    नेपाल आदिवासी जनजाती महासंघ राष्ट्रिय समन्वय समिती मलेसियाको आइतबार क्वालालम्पुरमा बसेको सचिवालय समितीको बैठकले केन्द्रिय अध्यक्ष फूपू तेम्बा शेर्पा पिनासा (पिटि) लाई पद र संस्थाबाट निलम्बन गरेको छ ।बरिस्ठ उपाध्यक्ष राम तामाङ र महासचिव सबिन लोप्चन द्वारा हस्तक्षरित प्रेस बिज्ञप्तिमा उल्लेख छ।

    केही दिन अगाडि देखि विभिन्न विवादमा शेर्पाको नाम मुछिदै आइरहेको थिए।ठगि ,दलाली,आर्थिक हिनामिना लगायतको विभिन्न आरोपहरु सहित घर फर्किन बिश्वासका साथ निज शेर्पा कहाँ आएका अबैधानिक कामदारहरु आफुहरु लाई विभिन्न बहानामा दु:ख दिदै आइरहेको र यो समस्याबाट मुक्त हुन पाउ ,उद्दार गरि पाउ भनेर शेर्पा विरुद्ध नेपाली राजदुतावास मलेसियामा पनि उजुरी परेको थियो।

    उजुरी पश्चात् दूतावासले केही दिनमा घर फर्किन भनेर बिश्वासको साथ उनिहरु निज शेर्पा कहा आएकोले चाडो भन्दा चाडो ती अबैधानिक नेपालीहरु लाई नेपाल् फर्काउन ब्यवस्था मिलाउन अल्टिमेटम दिइएको दूतावासका एक प्रतिनिधि ले बताउनु भएको थियो।सो उजुरी पश्चात् शेर्पाले बिधि बिधान बिपरित र विभिन्न किसिमका विवादित कार्य गरेकोले पनि सस्थाले निलम्बन गरेको हो।

    त्यस्तै यता शेर्पा किदुग मलेसियाले पनि फूपू तेम्बा शेर्पा पिनासा (पिटि) विरुद्ध कडा प्रेस बिज्ञप्ति जारी गर्दै किदुग भित्र संयोजक सल्लाहकारको रुपमा बसि काम गर्दै आइरहेका पिटि शेर्पा लाई साधारण सदस्य समेत नरहने गरि निष्कासित गरिएको बिज्ञ्यप्ती सहित सार्बजनिक गरेर जानकारी गराएको थियो।किदुङले जारी गरेको प्रेस बिज्ञप्ति नुसार आदिवासी जनजाती महासंघ मलेसिया भनेको यहाँ रहेको विभिन्न आदिवासी भित्र पर्ने जातिय संस्थाहरु बाट प्रतिनिधित्व गरेर आएको पदाधिकारीहरु र संस्थाको सहयोगमा बनेको एउटा् साझा घर जस्तै हो।त्यसलाई नैतिक र चारित्रीक हिसाबले मर्यादित बनाउन आवस्यक छ।

    पिटी शेर्पा कसरी महासघको अध्यक्ष भए?

    नेपाल आदिबाशी जनजाति महासंघ मलेसियाको गत तेस्रो अधिबेशन बाट किदुगको तर्फबाट अधिबेशनमा सिफारिस स्व: मिङमा शेर्पा अध्यक्षमा निर्वाचित भएका थिए।अध्यक्षमा आसिन रहेका मिङमाको करिब ३ महिना पछि निधन हुन पुग्यो ,त्यस पश्चात् किदुगको कार्यसमितीले नै निर्णय गरेर संयोजक सल्लाहकारको भुमिकामा राखेका फूपू तेम्बा शेर्पा पिनासा (पिटि )लाई महासंघको अध्यक्षको कार्यभार समहाल्न अगाडि सार्दै सिफारिस गरेको थियो र महासंघ मलेसियाको कार्यसमितीले सो निर्णयलाई अनुमोदन गर्दै बिश्वासको साथ अध्यक्षको जिम्मेवारी सुम्पेको थियो ।

    पिटि शेर्पा किन विवादमा बारम्बार तानिए?

    तर केही महिना अगाडि देखि निज शेर्पाले समाजिक संजाल लगायत ग्रुप च्याटहरुमा खुल्ला रुपमा चुनौती दिदै किदुङको विरुद्धमा जथाभावी अभिब्यक्तीहरु दिदै आइ रहेका थिए।कहिले क्वालालम्पुर कोतरायामा किदुङको बैठक बसे प्रहरी बोलाएर जेलमा थुन्न लगाउछु ,मार्छु ,कुट्छु ,शेर्पाहरु लाई फुटालेर ताप्लेजुङ प्रवास समिती स्थापना गर्छु।लगायतको विवादित अभिब्यक्ति र ठाडो चुनौती दिदै आइरहेकोले थिए।

    अबैधानिक कामदारलाई ठग्ने , भिजा लगाइदिने बहानामा ठग्ने ,आर्थिक हिनामिना गर्ने,धाकधम्की दिने लगायतको क्रियाकलाप तिब्र रुपमा बढेकोले दूतावास मलेसियामा शेर्पा विरुद्धमा उजुरी समेत परेकोले शेर्पा किदुग मलेसियाले साधारण सदस्य समेत नरहने गरि निलम्बन गरेको बिज्ञ्यप्तीमा उल्लेख छ।भने आगामी दिनमा कुनैपनि सघ संस्थाले साधारण सदस्यता सम्म नदिन पनि आग्रह गरेको छ।

    यसरी दिनप्रतिदिन मलेसियामा समाजिक अगुवाहरु नै नेपाली श्रमिक ठग्ने र समाजसेवाको खोल ओढेर पैसा कसरी कुम्ल्याउने भन्नेमा सकृय रहेपछि समाजसेवी तथा पत्रकार आर एन चौधरी थारुले अन्तरवार्ता मार्फत पनि प्रष्ट पारेका छ्न ।

    लिङ्क क्लिक गरि पूरा भिडियो हेर्नुहोस् र सेयर अनिवार्य गर्नुहोस् :-

    https://m.youtube.com/watch?v=WQpftWKJj8A&feature=share

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…