जीवन शैली
लोभ लाग्दो छ तिम्रो
सफल यात्रा
मेहनती कै
चर्चा हुन्छ यहाँ त
पौरखी तिमी
निरन्तरता
लगनशिलता संगै
फुरूक्क तिमी
ए मेरी साथी
जीवन बोध भन
मलाई पनि
म तिम्रै पथ
समातेर दौडन्छु
पुग्दछु उतै
भात छोडे नी
साथ नछोड्नु अरे
मित्रता रोज्दै
मन भित्रकै
प्रीयासी भएर नै
तिम्लाई सोधे
सारथी तिमी
बनेर लैजाऊन
इन्द्र नजिकै