• उर्लाबारी, १ असोज । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले प्राकृतिक श्रोत र साधनलाई उपयोग गर्न सके राष्ट्र समृद्ध हुने बताउनुभएको छ । तर नैतिकता र इमान्दारिताको राजनीतिबाट मात्र यो सम्भव हुने उहाँको भनाई छ ।
    स्वतन्त्र निर्माण व्यवसायी मजदुर संघद्वारा सोमबार मोरङको उर्लाबारीमा आयोजित विश्वकर्मा पुजा समारोहलाई सम्बोधन गर्दै फागोले पाँच बर्षभित्र उर्लाबारीलाई नमुना नगरपालिका बनाएरै छाड्ने दृढ्ता व्यक्त गर्नुभयो । जनभावना माथि खेडवाड गर्ने अधिकार कसैलाई पनि नभएको बताउँदै फागोले जनताले तिरेको करको सदुपयोग गरी विकासको गति अगाडि बढाइएको जानकारी दिनुभयो ।
    मजदुरको पारीश्रामिकमा बृद्धि गरी विपन्न मजुदरका लागि दुई लाख रुपैयाँ सम्मको विमाको व्यवस्था गरिएको उहाँले बताउनुभयो । सर्वसाधारणको हितलाई ध्यानमा राखी बालुवा र गिट्टीको दररेटमा घटाइएको जानकारी दिँदै फागोले उर्लाबारीको भूगोल, अवस्था र आयश्रोतलाई हेरेर कर निर्धारण गरिएको बताउनुभयो ।
    संघका अध्यक्ष मनोज लुइंटेलको अध्यक्षतामा भएको सो कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, महासचिव शेरबहादुर भण्डारी, नेपाल रेडक्रस सोसाइटी शाखा उर्लाबारीका सभापति मदनबाबु प्रसाईलगायतले बोल्नुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…