• उर्लाबारी, १ असोज ।
    उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले सोमबार ज्येष्ठ नागरिक परोपकार आराम गृहको नवनिर्मित भवन उद्घाटन गर्नुभयो ।
    उर्लाबारी–६ स्थित सिद्धेश्वर शिववावा धाम परिसरमा निर्मित सो भवनको नगर प्रमुख फागोले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो । नगरपालिकाको दुई लाख सहयोग र बाँकी चन्दा संकलन गरी कुल ६२ लाख एक हजार ३९ रुपैयाँको लागतमा सो भवनको निर्माण कार्य सम्पन्न गरिएको हो ।
    भवन उद्घाटन गर्दै फागोले शान्ति र आरामपुर्वक जीवनयापन गर्नु हरेक ज्येष्ठ नागरिकको नैसर्गिक अधिकार भएको बताउनुभयो । ज्येष्ठ नागरिकको हक अधिकार सुनिश्चितका लागि नगरपालिका सचेत रहेको बताउँदै फागोले राज्यले ७० प्रकारका औषधि निःशुल्क बितरण गरिरहेको जानकारी दिनुभयो ।
    सोही अवसरमा नगर प्रमुख फागोले आराम गृहलाई सहयोग पुर्याएवापत स्थानीय दिलकुमारी शाक्य र भुपालसिँह गौतमलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
    आराम गृह व्यवस्थापन समितिका अध्यक्ष भक्तिप्रसाद पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा उपप्रमुख लक्ष्मीदेवी भण्डारी, उर्लाबारी–६ का वडाध्यक्ष चिन्तामणी पौड्याल, स्थानीय समाजसेवी जयधर्म आचार्य, सुर्यप्रसाद गुरागाईलगायतले बोल्नुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…