• अमेरिकाको न्यू ह्याम्पसायरबाट साप्ताहिक रुपमा प्रशारण हुँदै आएको टक शो कार्यक्रम खुल्ला विचार यहि हप्तादेखि बन्द हुने कार्यक्रम संचालकले फेसबुक स्टाटस लेख्दै जानकारी गरेका छन् । सन् २०१७ को फेब्रअरीदेखि प्रशारण सुरु भएको सो कार्यक्रम भुटानी पत्रकार सी.एम निरौलाले संचालन गर्दै आएका थिए ।

    अमेरिकामा रहेका नेपाली भाषी भुटानी माझ लोकप्रियका बन्दै गएको सो कार्यक्रममा विशेषगरि भुटानी शरणार्थीको मुद्दा मामिलालगयत अमेरिकामा रहेका भुटानी कलाकर्मी अनि साहित्यकारहरुको प्रतिभालाई प्रस्तुत गर्ने गरि संचालन हुँदै आएको थियो । कार्यक्रम बन्दा हुने विशेष कारण नखुलाए पनि केहि समयपछि कार्यक्रमलाई नयाँ अनि विशेष तरिकाले प्रशारण गर्ने योजना रहेको कार्यक्रम संचालक निरौलाले बताएका छन् । अमेरिकामा भुटानीहरुले संचालन गर्दै आएकामध्ये निक्कै स्तरिय अनि विशेष कार्यक्रम थियो खुल्ला विचार ।

    कार्यक्रममा भुटानी नेता टेक नाथ रिजाल, डा. भम्पा राई, डि,पी काफ्ले शिविर व्यस्थापन समितिका सचिव टिकाराम रसाइली, भुटानी शरणार्थीको शिक्षामा कार्यरत शिक्षाकर्मी, मिस भुटान युएसए-२०१७, अमेरिकामा भुटानी सम्बन्धी आयोजना हुने हरेक कार्यक्रमका आयोजक अनि भुटानी कलाकार र अमेरिकी नागरिकलगयतको समेत अन्तरवार्ता प्रशारण भएको थियो ।

    एक रोचक विषय चाहिं, सो कार्यक्रममा एक भुटानी नायिकाको अन्तवार्ता समेत प्रशारण भएको थियो । भुटान बहिरा रहेका भुटानीले भुटान भित्रका नायिकाको अन्तरवार्ता लिएर प्रशारण गरिएको त्यो नै पहिलो अन्तरवार्ता कार्यक्रमको रुपमा हेरिएको थियो । सबै दर्शकहरुको सल्लहा, सुझाव अनि साथलाई अनि कार्यक्रम बन्द गराउन खोज्नेहरुलाई समेत धन्यवाद दिंदै संचालक निरौलाले अन्तिम कार्यक्रम भुटानी आन्दोलनका नायक भनिएका हरि अधिकारीसँग विशेष अन्तर्वात कार्यक्रम गर्दै खुल्ला बिचार कार्यक्रम औपचारिक रुपमा बन्द भएको घोषण गरेका छन् ।

    संचालक निरौलाले हामीसँगको छोटो कुराकानीमा, उनको कार्यक्रमलाई विशेष सहयोग गर्ने संचारकर्मी भोला ढुगाना, हेम गिरी, तिलक निरौला, रूपेश ढुगाना, रोम बिष्ट र भूटान समाचार सेवा लगायतका सम्पूर्णलाई समेत विशेष धन्यवाद समेत ज्ञापन गरेका छन । सो कार्यक्रम बन्द हुने जानकारी पाए पछि अमेरिकामा रहेका भुटानीहरुले सामाजिक संजालमा दुख व्यक्ता गरेका छन् र सकेसम्म कार्यक्रमलाई चाडै प्रशारण गर्न अनुरोध गरेको छन् ।

    सो कार्यक्रमले निरन्तरता पाउनु पर्छ भन्दै एकथरी भुटानी जमातले त अभियान नै चलाएको पनि पाइएको छ । कार्यक्रम किन र के कारणले बन्द भयो यो भने बुझ्न बाँकी नै छ । कार्यक्रम बन्दको कारण रहस्यमय बन्दै गएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…