• लहान, २ असोज
    पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका–१ स्थित सडकमा पिकअप भ्यानले मोटरसाइकललाई गए राति ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    मे१च ४१७२ नम्बरको पिकअप भ्यानले स८प ९६४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिरहाको लहान नगरपालिकास्थित गोविन्दपुर निवासी १९ वर्षीय दुधनाथ यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित सडकमा को२५प ४३८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका–२ निवासी ३५ वर्षीय अशोक झाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सो दुर्घटनामा परी गम्भीर घाइते भएका झाको राजविराजस्थित गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…