• उर्लाबारी, मोरङ, २ असोज
    नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाले यहाँ पहिलो पटक रक्तसञ्चार सेवा (ब्लड बैंक) शुरु गरेको छ ।

    गत साउन पहिलो साता नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले सो सेवाको उद्घाटन गर्नुभएको थियो । आवश्यक पूर्वाधार नहुँदा झण्डै दुई महिनापछि मात्र उपशाखाले सोमबारदेखि उक्त सेवा दिन थालेको हो । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको प्राविधिक सहयोगमा शुरु भएको सो सेवाले पूर्वी मोरङका बिरामी लाभान्वित हुने उर्लाबारी उपशाखाका सभापति मदनबाबु प्रसार्इंले बताउनुभयो ।

    सेवा सञ्चालनका लागि उर्लाबारी नगरपालिका, सगरमाथा बचत तथा ऋण सहकारी संस्था, पवित्र बचत तथा ऋण सहकारी संस्थालगायतले सहयोग गर्दै आएका छन् । बिरामीले स्थानीय अस्पतालमा उपचार गराउँदा रगत लिन बिराटनगर जानुपर्ने बाध्यता थियो ।

    क्षयरोगीलाई पोषण

    मोरङको पथरीशनिश्चरे नगरपालिकाअन्तर्गत स्वास्थ्य शाखाले नगरका क्षयरोगीका लागि रोगविरुद्ध लड्ने क्षमताको विकास गर्न पौष्टिक तत्व प्रदान गर्ने अभियान थालेको छ । नगर प्रमुख दिलीपकुमार राईका अनुसार यस वर्ष उपचारका लागि आउने क्षयरोगीलाई स्वास्थ्यकर्मीको निगरानीमा दुई महिनासम्म दैनिक औषधिसहित फलफूल खुवाइने छ । नगरपालिकामा हाल ६७ क्षयरोगी रहेका छन् ।

    आरामगृह निर्माण

    मोरङको उर्लाबारी नगरपालिका– ६ मा ज्येष्ठ नागरिक परोपकार आरामगृह निर्माण गरिएको छ । उर्लाबारी नगरपालिकाको रु दुई लाख तथा र अन्य सहयोगी दाताबाट प्राप्त रु सात लाख ८३ हजारको लागतमा सो आरामगृह गृह निर्माण गरिएको हो । निर्माण समितिका संयोजक गजेन्द्र दङ्गालका अनुसार जीवनको उत्तरार्धमा ज्येष्ठ नागरिक एउटै ठाउँमा भेला भई भलाकुसारी गर्न सहज होस भनेर उक्त गृह निर्माण गरिएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…