• काठमाडौं २ असोज – नेपकम्स एजुकेशन एण्ड भिजा सर्भिसेसको आयोजनामा काठमाडौं र कास्कीको पोखरामा बृहत शैक्षिक मेलाको आयोजना गर्ने भएको छ। नेपकम्सका प्रबन्ध निर्देशक सोवित श्रेष्ठका अनुसार काठमाडौं र पोखरामा ‘नेपकम्स अष्ट्रेलिया एजुकेशन फेयर’को आयोजना हुन लागेको हो।
    श्रेष्ठका अनुसार असोज ४ गते बिहीबार पोखराको चिप्लेढुङ्गास्थित डी भिलेज रेष्टुरेन्टमा एजुकेशन फेयर हुँदैछ। त्यसैगरी, असोज ६ गते ९सेप्टेम्बर २२० का दिन काठमाडौंस्थित होटल अन्नपूर्णमा ‘नेपकम्स अष्ट्रेलिया एजुकेशन फेयर’ हुँदैछ। दुवै स्थानमा १० बजेबाट ४ बजेसम्म कार्यक्रम हुने उनले जनाएका छन्। दुवै कार्यक्रममा २० वटाभन्दा धेरै अष्ट्रेलियाली कलेजका प्रतिनिधि सहभागी रहने श्रेष्ठले जनाएका छन्। विद्यार्थीसँग प्रत्यक्ष रुपमा संवाद गर्ने र त्यहाँको जनजीवन तथा अष्ट्रेलियाका विविध आयामका विषयमा अन्तरक्रिया हुने उनले उल्लेख गरे।
    नेपकम्सकी बिजिनेश डेभेलोप्मेन्ट मेनेजर सोनी श्रेष्ठका अनुसार एडुको, स्कटेन क्रस विश्वविद्यालय, एक्सेल्सिया, केओआई एभिएलसी, आएचएनए, आइएएचएम, भिक्टोरिया विश्वविद्यालय, एपिआइसी, एआइबिटी, क्वीन्सफोर्ड लगायत ३० वटाभन्दा धेरै कलेजबाट प्रतिनिधिहरु एजुकेशन फेयरमा सहभागी हुन आउँदैछन्।
    ‘नेपकम्स अष्ट्रेलिया एजुकेशन फेयर नेपालबाट अष्ट्रेलिया गएर पढ्न चाहने विद्यार्थीहरूका लागि राम्रो अवसर हो’, श्रेष्ठले भनिन् – ‘त्यसैले सहभागी भएर जानकारी दिनुसक्नु हुनेछ, साथै इच्छुक अभिभावकहरूले पनि कार्यक्रममा सहभागिता जनाउन सक्नु हुने छ। तपाईको उज्ज्वल भविष्यका लागि यो कार्यक्रम कोशेढुंगा सावित हुन सक्छ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…