• पथरीशनिश्चरे, २ असोज

    मोरङको पथरीशनिश्चरे नगरस्थित डाँस गंगासागर आर्यघाटमा पहिलो शव दहन भएका परिवारलाई नगरपालिका कार्यालयले २० हजार रुपैयाँ राहत सहयोग प्रदान गरेको छ ।

    नगरपालिका कार्यालयमा नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, कार्यपालिका सदस्य मैनादेवी फुयाँल आचार्यले आज मृतककी श्रीमती निर्मला कार्कीलाई २० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

    आर्यघाट उद्घाटनका सन्दर्भमा पहिलो पटक वडा नम्वर १० का मृतक रामबहादुर कार्कीको शव दहन गरिएको थियो । त्यसबेला नगर प्रमुख राईले पहिलो शव दहन हुने परिवारलाई २० हजार रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गर्नु भएको थियो ।

    नगरपालिकाको १० लाख रुपैयाँको लागतमा वडा नम्वर १० जिरिखिम्ती उत्तरमा डाँस गंगासागर आर्यघाट निर्माण भएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…