• उर्लाबारी असोज २ गते । आरम्भ नाट्य डबलीले असोज ८ गते उर्लाबारी—९ स्थित प्रभात आधारभुत विद्यालयमा जनचेतना मुलक नाटक ‘खुशी खोसिएको मन’ मञ्चन गर्ने भएको छ । समाजमा घटि आउने समस्याहरुलाई नाटक मार्फत प्रस्तुत गर्दै जनचेतना जगाउन खोजिएको डबलीका अध्यक्ष समिर सुवेदीले बताउनुभयो । सोहि दिन विद्यालयका पूर्व विद्यार्थी तथा समाजसेवी सुन्दर श्रेष्ठले वुवा इन्द्रनारायण श्रेष्ठको स्मृतिमा विद्यार्थीहरुको लागि आइडीकार्ड हस्तान्तरण गर्ने कार्यक्रम छ । उहाँले नाटकको व्यवस्थापनको लागि पनि सहयोग पुर्याउनुभएको छ । यसअघि वुवा इन्द्रनारायणको स्मृतिमा सुन्दरले मञ्च,घेराबारामा सहयोग,रंगरोगन,वाल उद्यानका समाग्री मात्र नभएर १० जना विद्यार्थी निशुल्क पढाईदिनुभएको छ ।
    विद्यालयका प्रअ मोहन चाँपागाईले कितावी ज्ञान मात्र नभएर नाटक तथा साँस्कृतिक कार्यक्रमको मार्फत विद्यार्थीमा चेतना जागृत गराउन लागिएको बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…