• उर्लाबारी, २ असोज । स्वतन्त्र निर्माण व्यवसायी मदजुर संघ उर्लाबारीको १३ औं चुनावी साधारणसभा मंगलबार उर्लाबारी–५ स्थित बौद्ध गुम्बामा सम्पन्न भएको छ ।
    साधारणसभामा प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले नगर क्षेत्रमा सुरक्षित र भरपर्दो आवास निर्माणका लागि सिकर्मी र डकर्मीहरुको सिप तथा क्षमता अभिबृद्धि गरिने बताउनुभयो । सिकर्मी र डकर्मीहरुको सिप तथा क्षमता अभिबृद्धिका लागि तालिम सञ्चालन गरिने बताउँदै फागोले लाइसेन्स प्राप्त सिकर्मी र डकर्मीहरुलाई मात्र काम गर्न अनुमति दिइने उल्लेख गर्नुभयो । घरनक्शा पास गरेर मात्र नगर क्षेत्रमा आवास निर्माण गर्न दिइने उल्लेख गर्दैै फागोले नागरिकहरुको प्रतिभा र क्षमता विकासका लागि नगरपालिकाले बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
    सो सभाले स्वतन्त्र निर्माण व्यवसायी मदजुर संघ उर्लाबारीको अध्यक्षमा मनोज लुइंटेललाई पुन ः निर्बिरोध निर्बाचित गरेको छ । संघका उपाध्यक्षमा गोपाल काफ्ले, महासचिवमा डोमनाथ खतिवडा, सचिवमा हरि नेपाली, कोषाध्यक्षमा सुवास विश्वास तथा सदस्यहरुमा पशुपति श्रेष्ठ, खेम तामाङ, कुल महमद, जुगराज खड्का, सहिदु रहमान र तेजन राजवंशी निर्विरोध निर्बाचित भएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…