• सहिदकि आमा भन्छिन म मेरो झुपडीको भित्तासग रोएको वर्षौं भैसक्यो : लक्ष्मण चौलागाईं "विद्रोही"
    नासपातीको फेदमा च्यात्तिएको चोली र हरियो रङ्गको धोती लगाएर बसेकी रैछन सुन्तलि आमै। उमेर झन्डै ६ दशक पार गरिसकेकी आमै जसको एउटा आँखा फुलो परेको छ भने संसार देख्ने एउटा मात्र आखाको भर छ। भन्छिन श्रीमान दुई दशक पहिला नै बित्नुभएको ,जुंगाको रेखी बस्दै गरेको १८ वर्षको कर्णबहादुर युद्धमा नै मारिएको रे ,चुहिने घरको पाली र खरले छाएको सानो पराले झुपडी जहाँ उनको नाङ्गो संसार छ। कहिले कहिले छोरोको याद आउदा म रोएको सुन्ने यिनै घरका भित्ता र चुल्हाहरु मेरा आफन्त र साथी जस्तै भएका छन बाबू ।

    एक हल मकै छर्ने पाखो वारि नै उनको सारा सपना सजाउने सम्पत्ती रहेछ। बाबुको घर कहाँ पर्यो छोरा भनेर आमाले गहभरी आँसु पार्दै सोध्नुभयो ,अनि मैले मेरो घर सिन्धुपाल्चोकको भोटेचौर भन्ने गाउमा पर्छ आमा भनें।उहाले मलाई केही खाएर मात्रै जानुहोला है भनेर आगो बाल्न थाल्नुभयो।दुई घोगा मकै दिएर छोडाउनुस त बाबू भन्नुभयो ।म मकै छोडाउन लागें।आमाले हाँडी बसाल्नुभयो। उहाचाही त्यही मकै भुटेर जांतोमा पिधेर चियासग खाएर गुजारा गर्नुहुदोरहेछ ।अनि मैले पनि आमाको हातले भुटेको मकै खाने र केही उहाका ब्यथाहरु सुन्ने रहर अभिव्यक्त गरें। १५ सालको जन्म २७ सालको विहे र ०३७ सालमा कर्णबहादुर जन्मेको कुरा के गर्दै हुनुहुन्थ्यो आमा रुनु पो थाल्नुभयो ।अनि सुस्केरा काढेर भन्नुभयो आज कर्णे भएको भए मेरा वरिपरि नातिनातिना हुन्थे ,छोरा बुहारी हुन्थे,यो सातु बनाउने हातले भात पकाउदै छोराबुहारी ,नातिनातिनासंगै रमाउन पाउथे होला ………
    तर..
    म पनि एकैछिन मौन भएं,अनि सोचें हिजो जनयुद्ध चल्दै गर्दा,जनमुक्तिक
    ा लडाइहरु चल्दै गर्दा आज मेरो देशले मुक्ती र सुशासनको राज्य पाउनेछ भनेर ।तर आज....यिनै आमाका आसुहरु राज्यले थाम्न नसकेको अवस्थामा सुशासन त के एउटा बलात्कारीको कार्वाही गर्न नसक्ने सत्ता पो आयो। हिजो रगत देश र जनताको निमित्त बगाउनेका घरहरुमा अनाहकमा छोराछोरी गुमाउदाका पीडाहरु भक्कानिदै पो छन भने देशले मुक्तिको आभाष गर्यो त? मनमनै बेचैन हुँदै प्रश्न गरे आफुले आफैलाई। मकै आमाले भुटेर सिलवरको कचौरामा दिनुभयो।कालो चिया पकाउनुभयो। मैले आमाको लागि जातोमा सातु पिधिदिएं।अनि आमासग मेरो बार्तालाप सुरु भयो," आमा, हजुर कतिदिन मात्रै कर्णेलाई सम्झेर रुनुहुन्छ र आफुलाई कमजोर बनाउनु हुन्छ आमा? अब कर्ण जति नै रोइकराई गरे पनि फर्केर आउदैनन बरु उहाको बलिदानले यो देशमा शासन व्यवस्था बदलिन पायो नि आमा भनेर सम्झाएं ।

    यहि व्यवस्था नै कर्णबहादुर हो नि आमा भनेर मैले भनिनसक्दै आमाले भन्नुभयो,बाबू ,म जस्तै धेरै सहिदका आमाबाबुले शोक भुल्नलाई त जनताको शासन आउनुपर्थ्यो नि होइन र? खै जनताको शासन ?? खै ?? फेरि पनि खोइ भनेर प्रश्न गरिरहनुभयो। अनि आमाले रेडियोमा सुन्नुभएको रे कुनि कहाँ पश्चिम तिर निर्मला नामकी बालिकालाई बलात्कार गरेर हत्या गर्दा त यो सरकारले कारबाही गर्न सकेन,मर्ने मरि मात्रै रहे अनि बाच्नेले पनि बिहान घरबाट निस्केपछि बेलुकी घर आउँछ आउदैन यस्तो छ सर्वसाधारणको सुरक्षा अनि यहाँ शासनको नाम मात्रै बदलियो ,हाम्रो अवस्था झन गम्भीर बन्दैछ।बरु मेरो छोरा कर्णे जस्तै हजारौं छोराछोरीको आसुले श्राप पो गर्दैछ कि जस्तो लाग्छ बाबू भनेर जब ती सहिदकी आमाले भन्नुभयो,मैले उहालाई अन्य सवाल तुन्न सकिन।आमाको प्रश्न असाध्यै जायज छ,मैले उहाको सवाललाई काट्नै सकिन। आमा भन्नुहुन्छ,बाबू यहाँ कहिलेकसो नेताहरु सभा समारोह गर्न आउछन।म पनि जान्छु,हिजो छोरोले यहि पार्टीमा लागेर आफ्नो बलिदान गर्यो।सबै नेताहरु उहि कर्णे जस्तै लाग्छ अनि म पनि सभासमारोह तिर जान्छु। सहिदकी आमा भनेर मन्चमा आसन ग्रहण गर्न नाम लिन्छन।

    त्यतिबेल
    म यति भक्कानिन्छु कि मेरो छोरा बरु कालगतिले मरेको थियो भने बारम्बार उसको नाम त सुन्नुपर्दैन थियो। उहि सरहका मान्छे आज मन्त्री छन,सांसद छन,उनिहरुकै दलले आज देशैभर शासन गरेको छ ।तर हामीलाई औषधि उपचार त परकै कुरा बाबू, एक बीस ५ रुपैयाको खादा ओढाएर सम्मान गरे जस्तो गर्छन ,केही सान्त्वना दिए जस्तो गर्छन ,हो क्यारे भन्यो अनि वर्षौं फर्केर आउदैनन।अनि कति मन दुख्छ।उहि मरेको छोरोको याद आउँछ। नया लाहुरेहरुको कुर्सिका लागि मैले छोरो जन्माएको रहेछु जस्तो लाग्छ।जालझेल ,झुट र छलकपट नै सान्त्वनाको भाषा रहेछ भनेर म मेरो झुपडीको भित्ता सग रुन्छु।अब त रुदारुदै आँसु पनि सुकिसके जस्तो छ।जति नै रोए पनि नरोएस भन्ने मान्छे मेरो संसारमा छैन।यसैले आजभोली म मृत्युलाई गुहार मागिरहेको छु।मृत्युले पनि मेरो चीत्कार सुन्दैन बाबू।

    मेरो पनि गला अवरुद्द भयो।सत्ताको बेवास्ता प्रती खेद ब्यक्त गर्नु मन लाग्यो। आमालाई मैले हलुका सान्त्वना भन्दा केही दिन सकिन र म आफ्नो बाटो लागें।
    यस्ता उदाहरणहरु प्रतिनिधि उदाहरण मात्रै हुन।देशैभर यस्ता अवस्था जो बाहिर आइपुगेका छैनन, जो ओझेलमा सुस्ताइरहेका छन ,तर सुन्ने कसले? यिनै प्रश्न अनुत्तरित छन। क्रमशः

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…