• विराटनगर, ३ असोज : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले चौथो संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

    सन्देशमा उहाँले नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र प्रतीक्षापछि संविधान प्राप्त भएको आजको दिन हर्षोल्लासका साथ मनाउनसमेत आग्रह गर्नुभएको छ ।

    मुख्यमन्त्री राईले सन्देशमा नेपाल अहिले एक महत्वपूर्ण ऐतिहासिक चरणमा रहेको र संविधान जारी भएपछि सम्पन्न गर्नुपर्ने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन भई तीनवटै तहका सरकार सञ्चालन भइरहेको अवस्थामा राज्य सञ्चालनका संवैधानिक र कानूनी व्यवस्था एवम् लोकतन्त्रका संरचनालाई थप संस्थागत र सृदृढ गरेको मैले विश्वास लिएको छु भन्नुभएको छ ।

    सन्देशमा उहाँले नेपालको संविधानले धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्नाका साथै सबै वर्ग, क्षेत्रका जनताको हकअधिकार प्रत्याभूत गरेको छ भन्नुभएको छ ।

    यो संविधानले लामो समयको राजनीतिक द्वन्द्व र सङ्क्रमणको विधिवत् अन्त्य गरी नेपाली जनतालाई पूर्णरुपमा सार्वभौम बनाएको सन्देशमा उल्लेख गरिएको छ । सन्देशमा आजको यस दिनले राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत र समृद्ध सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा थप प्रेरणा र यसप्रति सबै नेपाली सङ्कल्पित हुने विश्वाससमेत व्यक्त गरिएको छ ।
    –––

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…