उर्लाबारी / उर्लाबारी -७ मा अबस्थित नारी संकल्प बचत तथा ऋण सहकारी सस्थाको १२ औं बार्षिक साधारणसभा ले पुन सीता कार्की को अध्यक्षतामा कार्यसमिति को निर्बिरोध चयन गरेको छ । नवनिर्वाचित समिति को उपाध्यक्ष मा गोमा नेपाल ,सचीव निर्मला घले ,सह-सचीव रमिला थापा र कोषाध्यक्ष मा शोभा पालुङा रहनु भएको छ । यस्तै सदस्य हरुमा यमुना राई ,उर्मिला थापा , रुपा निरौला ,अरुणा थापा ,गिता घिमिरे ,र नरमाया खनाल रहनु भएको छ ।
यस्तै लेखा तथा सुपरिवेक्षण समितिको सम्योजक मा रिताकुमारी खड्गी र सदस्य मा मैयाँ कुमारी सुवेदी र रिता खत्री रहनु भएको निवर्तमान कोषाध्यक्ष सोभितमाया तामाङले जानकारी दिनु भएको छ । सभामा अध्यक्ष सीता कार्की ,सचिव हेमकुमारी गजुरेल ,कोषाध्यक्ष सोभितमाया तामाङ र लेखा समिति सम्योजक बिमला कार्की द्वारा प्रस्तुत प्रतिबेदन हरु छलफल द्वारा पारित समेत गरिएको थियो । बि.स. २०६३ सालमा महिला दिदिबहिनी बहिनी हरुको सक्रियता मा स्थापित यश सहकारी का १८ सय २६ जना शेयर सदस्य हरु रहेका छ्न ।