• उर्लाबारी, ३ असोज ।
    उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले सहकारीले बिपन्न समुदायको जीवनस्तर उकास्न ध्यान दिनुपर्ने बताउनुभएको छ । सहकारीले सबैलाई समेटेर उनीहरुको जीवनस्तर उकास्न ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

    उर्लाबारी–७ स्थित कान्ति बचत तथा ऋण सहकारी संस्थाको आठौ साधारणसभालाई सम्बोधन गर्दै नगर प्रमुख फागोले सो कुरा बताउनुभएको हो । उर्लाबारीका जनताले तिरेको करबाट विकास र समृद्धि आउने बताउँदै फागोले आफूले चुनावका बेला वाचा गरेका सबै कुरा एकएक गरेर पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    संस्थाका अध्यक्ष इन्द्रप्रसाद संग्रौलाको अध्यक्षतामा भएको सो सभामा वडाध्यक्ष बिरबल थापा, उर्लाबारी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विनोद न्यौपानेलगायतले बोल्नुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…