रातोकलम अनलाइन,
मलेशिया,असोज ३
मलेशियामा मदिरा सेवन गर्दा मृत्यु हुने नेपालीको सङ्ख्या ६ पुगेको छ। भने १६ जना नेपाली स्थानीय अस्पतालमा उपचाररत रहेका छन्।
नेपाली दूतावास मलेशियाले बुधबार घटनाको पुष्टि गर्दै मृत्यु भएका र अस्पतालमा उपचाररत रहेका नेपालीको तथ्यांक सार्बजनिक गरेको छ।
मंग्लवार विभिन्न मिडियामा समाचार प्रकाशित भएपछी दूतावासका का:बाहक राजदूत सहितको टोलि घटना बारे स्थलगत निरीक्षण गर्न विभिन्न अस्पताल र स्थानीय प्रहरी कार्यलय पुगेर मृतक र बिरामी बारे तथ्यांक दूतावास श्रोतले सार्बजनिक गरेको हो।
सुङ्गई बुलो अस्पताल, बेन्तोङ अस्पताल र क्वालालम्पुर अस्पतालसहित विभिन्न अस्पतालमा उपचारका लागि राखिएको र घटना बारे स्थानीय निकायको सहयोगमा गम्भीर अनुसन्धान सुरु गरिएको दूतावास द्वारा जारी पत्रमा उल्लेख छ।
यसअघि ज्यान गुमाउने नेपालीको सङ्ख्या ५ जना भएपनि मंग्लवार राती फ़ेरि एक नेपालीको मृत्यु भएसङ्गै ६ जना पुगेको छ।