• भक्तपुर, ३ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।

    राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षामा ७६ हजार २२७ सहभागी भएकामा नतिजाअनुसार ‘ए प्लस’ ल्याउने ८४, ‘ए’ ल्याउने २८४, ‘बी प्लस’ ल्याउने ८४० रहेका छन् ।

    बोर्डका परीक्षा नियन्त्रक शर्माका अनुसार परीक्षामा ‘बी’ ल्याउने तीन हजार ३७३, ‘सी’ प्लस’ ल्याउने नौ हजार ७५१, ‘सी’ ल्याउने २१ हजार ५७४ र ‘डी प्लस’ ल्याउने २२ हजार २९७ रहेका छन् । त्यसैगरी ग्रेड ‘डी’ ल्याउने १० हजार ४४७ र ‘ई’ ल्याउने सात हजार ५७७ छन् ।

    परीक्षामा ‘डी प्लस’ वा सोभन्दा मुनि कुनै एक विषयमा ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीलाई परीक्षामा सहभागी गराइएको थियो । सो व्यवस्थाअनुसार मौका परीक्षामा एक लाख १६ हजार सहभागी हुन पाउने भए पनि ७६ हजार २२७ जना मात्र सहभागी भएका थिए । यस वर्षको मौका परीक्षाको नतिजा अघिल्लो वर्षभन्दा १४ दिनअघि सार्वजनिक गर्न सफल भएको बोर्डले जनाएको छ । बोर्डले गत भदौ १६ गते कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षा सञ्चालन गरेको थियो ।
    –––

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…