• सुनसरी । नेपाल संघीय लोकतान्त्रीक राष्ट्रिय मंञ्च र संघीय लिम्बुवान मंञ्चले संबिधान दिवसलाई कालोे दिनको रुपमा मनाएको छ । २०७२ मा जारी संबिधानले पहिचान सहितको संघीयता हुन नदिएको भन्दै संबिधान दिवसलाई आज लिम्बुवानहरुले कालो दिनको रुपमा बिरोध गरेका हुन् ।
    प्रदेश १ लाई लिम्बुवान राज्य बनाउनु पर्ने र संबिभानको धारा २७४ खारेज हुनु पर्ने लिम्बुवानहरुको माग रहेको छ । प्रदेश १ भरिका लिम्बुवानहरु इटहरीमा भेला भएर दिवसको बिरोध गरेका हुन । इटहरीमा निस्कीएको बिरोध जुलुसले नगर परिक्रममा गरी कोणसभामा परिणत भएको थियो ।


    कोणसभामा बोल्दै नेपाल संघीय लोकतान्त्रीक राष्ट्रिय मंञ्चका अध्यक्ष कुमार लिङदेनले जातिय आधारमा प्रदेशको संघीयता कायम नभए देश द्धन्दमा जाने चेतावनी दिए । प्रदेश शब्द हटाई पहिचानको आधारमा ११ वटा राज्य कायम गर्नुपर्ने लिङदेनको भनाई छ । सरकारले लिम्बुवानको आवाज नसुने सरकार बिरुद्ध बिद्रोह समेत गर्न सक्ने बताए ।

    नेपालको इतिहाससँग जोडिएको लिम्बुवान, मगरात, शेर्पा, नेवार, थारु, धिमाल आदीको पहिचानको सम्मान सरकारले गर्नुपर्ने अध्यक्ष लिङदेनको भनाई थियो । आजकै दिन जारी गरिएको संबिधान ८० प्रतिशत जनताको हित विपरीत भएको लिम्बुवानका नेताहरुले बताएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…