• काठमाडौं: गत शनिबार राजधानीस्थित अनामनगरमा एक भव्य समारोहका बीच गीतिएल्बम 'तस्बिर' सार्वजनिक गरिएको छ। गीतकार दिलीप राई 'सगर'को एकल शब्दरचनासहित बजारमा आएको यो गीतिएल्बमभित्रका सबै गीतहरुमा चर्चित सङ्गीतकार डाक्टर किरातले सङ्गीत दिएका छन्। एल्बमलाई 'नयाँ मार्गी सङ्गीत एकेडेमी एण्ड प्रोडक्सन'ले आफ्नो तेश्रो कोसेलीका रुपमा प्रस्तुत गरेको हो। गीतिएल्बम 'तस्बिर'भित्र जम्मा छवटा गीतहरु राखिएका छन्। चर्चित गायकगायिकाहरु आभा मुकारुङ, कन्काइस्ट राई, दिपक राई बान्तवा, दीपा लामा, देवेश राई, मिना राई र मेलिना राईले एल्बममा स्वर दिएका छन्।

    गीतिएल्बम 'तस्बिर'लाई सांसदद्वय सुदन किराती र हेमकुमार राई, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ भूपाल राई, वरिष्ठ गायक शम्भु राई र वरिष्ठ गायिका बिमला राईको संयुक्त आतिथ्यतामा सार्वजनिक गरिएको थियो। सङ्गीतक्षेत्रका थुप्रै हस्तीहरु तथा कलाकार, पत्रकार, राजनीतिज्ञ, समाजसेवी, साहित्यकार, आदिको उपस्थितिका बीच कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो।

    कार्यक्रममा एल्बमभित्र रहेको एउटा म्यूजिक भिडियोपनि सार्वजनिक गरिएको थियोभने सङ्गीतकार डाक्टर किरातले एल्बममा रहेका दुईवटा गीत गाएर सुनाएका थिए। पत्रकार तथा लेखक गणेशकुमार राईले उक्त कार्यक्रम सञ्चालन गरेका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…