• कुमार खड्का आसोज ४ पथरी
    मोरङको पथरीशनिश्चरे नगरमा स्थापित भएर एशियास्तरको एक्सिस ब्रोञ्जप्राप्त सहकारी संस्थाको २१ औं चुनावी साधारणसभाको विहिवार सम्पन्न चुनावी साधारण सभाको उपाध्यक्ष पदमा मधव प्रसाद कोईराला निर्वाचित भएका छन् ।
    कोईरालाले १९४६ मत ल्याई विजय भएका हुन उनका प्रतिद्वन्दि लुमा खड्काले १५५५ मत ल्याएकी थिईन । प्रतिद्वन्दि खड्काको भन्दा कोईरालाले ३९१ मत वढि प्राप्त गरेको थिए ।
    त्यसै गरि स– सचिवमा विश्वमणी निरौला १७७३ मतका साथ विजयी भएका छन उनका निकटतम प्रतिद्वन्दि भरत थापाले १५९० मत ल्याएका छन थापा भन्दा निरौला १८३ मत वढि ल्याई विजय भएका हुन ।
    त्यसै गरि कोषादक्ष्य पदमा भएको प्रतिष्पर्धामा १६६० मत ल्याई नवल किशोर खनाल विजयी भएका छन् उनका निकटतम प्रतिद्वन्दि विजय श्रेष्ठले १६४६ मत हासिल गरेका छन् । श्रेष्ठको भन्दा खनालले १४ मत वढि ल्याई विजय भएका हुन्
    त्यसै गरि खुल्ला सदस्यमा २१९८ मत ल्याई प्रदिप कुमार पराजुली र २०६८ मत ल्याई रविन्द« अधिकारी विजयी भएका छन् ।
    मनकामना सहकारी संस्थाको २१ औं चुनावी साधारणसभामा अध्यक्ष निर्विरोध निर्वाचित भएपनि अन्य पदका लागि होडवाजी चलेको थियो । चुनावी सभामा अध्यक्षमा भनें निवर्तमान अध्यक्ष युवराज भट्टराई अध्यक्षमा र सचिवमा निवर्तमान सचिव केदारप्रसाद कोइराला नै निर्विरोध चुनिएका थिए ।
    ३ जना महिला सदस्यमा, भौमकुमारी थापा, कविता श्रेष्ठ र कुलमाया तिम्सिना भण्डारी निर्विरोध रुपमा चुनिएका थिए ।
    आदिवासी जनजाति तथा दलितका तर्फबाट मुनाकुमारी गुरुङ पनि निर्विरोध भएको निर्वाचन समिति संयोजक कृष्णबहादुर कार्कीले बताए । निर्विरोध लेखा समितिको संयोजकमा निर्वतमान संयोजक केशवप्रसाद दहालका साथै सदस्यमा, डिल्लीराम बराल र विष्णुमाया पौडेल चुनिएका थिए ।
    २०५४ सालमा स्थापना भएको सो सहकारीमा हाल ५ हजार ४ सय ५५ जना शेयर सदस्य रहेका छन् । हिजो भएको मतदानमा ३९४६ मत खसेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…