• देबु बानियाँ
    पर्वत । नेपाल जेसीजकी राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रश्मि शिल्पकारले क्षेत्र ‘ख’ सम्मेलन ऐतिहासिक हुने बताउनु भएको छ ।
    पर्वत जेसीजको आतिथ्यतामा शुक्रवारबाट पर्वतको कुश्मामा हुने सम्मेलनका बारेमा जानकारी गराउँदै कार्यकारीणी उपाध्यक्ष शिल्पकारले सम्मेलन फरक र ऐतिहासिक हुने बताउनु भएको हो ।
    साथै उहाँले सम्मेलनको सबै तयारी पुरा भएको र आगन्तुक जेसीजकर्मीहरुको स्वागतमा रहेको बताउनु भयो ।
    ‘तपाईहरु सबै जेसीजकर्मीहरुलाई पर्वतमा स्वागत छ’ क्षेत्र ‘ख’ सम्मेलन सभापति समेत रहनु भएकी उपाध्यक्ष शिल्पकारले भन्नु भयो–‘सबै क्षेत्रमा भएको सम्मेलनको अनुभवलाई संगालेर यो सम्मेलनलाई ऐतिहासिक बनाउने तयारीमा छौँ ।’
    सम्मेलनमा सहभागि हुने जेसीजकर्मीहरुका लागि यो पटक फरक रुपमा तालिम दिने तयारी गरिएको छ । ट्रेनर अच्युत प्रभुले दिने उक्त ट्रेनिङ ‘leadership from ancient ara for today,s youth ’ विषयमा हुनेछ ।
    नेपाल जेसीजको आयोजना हुने यस सम्मेलनमा यस क्षेत्रमा रहेका ३२ वटा शाखाका ४ सय ५० भन्दा बढी जेसीजकर्मीहरुको सहभागिता रहने उहाँले बताउनु भयो । उहाँका अनुसार सम्मेलनमा सहभागि हुनका लागि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालसहित राष्ट्रिय पदाधिकारीहरुको आगमन समेत सुरु भएको छ ।

    यस अघि गत बैशाख २८ र २९ गते क्षेत्र ‘घ’ को त्रिभूवननगर जेसीजको आतिथ्यतामा दाङमा सम्पन्न भएको थियो । क्षेत्र ‘ग’ को साँखुमा भदौ १५ र १६ मा र क्षेत्र ‘क’ को भदौ २२ र २३ गते सुरुङ्गामा सम्पन्न भइसकेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…