• पर्सा, ४ असोज । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संसद्मा अवश्यक छलफल र राजनीतिक दलसँग परामर्श नै नगरी सरकारले कानून ल्याएका कारण मुलुकभरी विरोध देखापरेको बताउनुभएको छ ।

    राजपा पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संसद्बाट निर्माण भएका कानूनलाई छलफल नै नगरेका कारण डाक्टर, पत्रकार, चालकलगायत पेशाकर्मी आन्दोलनमा उत्रिएको बताउनुभयो ।

    संयोजक ठाकुरले कानूनमा त्रुटी भएको सरकारसमेत स्वीकार गरिसकेकाले यसलाई सच्याउनुको विकल्प नभएको बताउँदै अब भन्ने कानूनको विषयमा व्यापक छलफल गरी निर्माण गर्न सरकारलाई सुझाव दिनुभयो ।

    राजपासँग सरकारले गरेको सहमति कार्यान्वयन नगरेका कारण मुलुकमा फेरि आन्दोलनको वातावरण बन्दै गएको उल्लेख गर्दै उहाँले संविधानमा रहेका असन्तुष्टिलाई सम्बोधन नगरेसम्म अधिकारका लागि सङ्र्घष भइरहने विचार व्यक्त गर्नुभयो ।

    संयोजक ठाकुरले राजपासँग भएका सम्झौतालाई कार्यान्यन गर्न सरकारलाई आग्रह पनि गर्नुभयो ।

    राजपाका केन्द्रीय सदस्य एवं प्रदेश नं २ का प्रदेश सदस्य रमेशप्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा संयोजक ठाकुरले आगामी वैशाख ७, ८ र ९ गते राजपाको केन्द्रीय महाधिवेशन गर्ने जानकारी दिनुभयो ।

    महाधिवेशनलाई समयमा पूरा गर्न गाउँदेखि प्रदेश अधिवेशनलाई तोकिएको समयभित्र सम्पन्न गर्न पार्टीका सबै तह र ओहदाका पदाधिकारीलाई उहाँले निर्देशन पनि दिनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…