असोज ५, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आसन्न दशैंका लागि सवारी साधनको अग्रिम टिकट बुकिङ तत्काल खुल्ला नगर्ने निर्णय गरेको छ । महासंघको हिजो बसेको बैठकले आफ्नो माग पूरा गर्न सरकार उदासिन रहेको भन्दै अग्रिम टिकट बुकिङ खुल्ला नगर्ने निर्णय गरेको हो ।
महासंघले पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता लिन माग गर्दै सरकारलाई ४८ घण्टे अल्टिमेटम दिएको थियो । सो समयसीमा आजहिजो सकिएको छ । नेपाल आयल निगमले गत सोमबार पेट्रोलमा प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ३र३ रुपैयाँ बढाएको थियो ।
पेट्रोलियम पदार्थको मूल्य पटकपटक बढेर सवारी साधन चलाउनसक्ने अवस्था आएकाले टिकेट बुकिङ नखोल्ने निर्णय गरिएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । यसअघि महासंघले आजदेखि अग्रिम टिकेट बुकिङ खुल्ला गर्ने निर्णय गरेको थियो ।