रातोकलम अनलाइन!
क्वालालम्पुर,
असोज-४
फ्रेन्ड्सिप म्यानपावर काठमाडौ बाट करिब ४ बर्स अघि मलेशिया उडेका जोत बहादुर सार्कीको गत बिहीवार सुतेकै ठाउमा मृत फेला परेका छन।
रोजगारीको लागि मलेशियाको काजाङ क्षेत्र स्थित बन्द्राटेक सेक्सन ५ मा ग्रीनोपल्स कम्पनी मा कार्यरत रहेका थिए।
पाल्पा रम्बा गाउँपालिका १ हुगि का जोत बहादुर सार्की बेलुकि सकुशल सुतेका थिए। बिहान काममा जाने बेला मृत अवस्थामा फेला परेका हुन।उनको परिवारमा श्रीमती आमा र बच्चाहरु गरि ४ जनाको सङ्युक्त परिवार रहेको छ।भने बर्खामासको बाढिले उनको घर पनि बघाइ दिएको छ।
एउटै कम्पनीमा कार्यरत जोत बहादुर कै साथी मीन बहादुर सुनारले दिएको जानकारी अनुसार स्वास्थ्यमा खासै केही गडबडी नभएको बताए।र मृतक सार्की आउदो फेब्रुअरीमा नेपाल छुटि जाने तरखरमा रहेका थिए।
मृतक को सब पोस्टमार्टम को लागि हस्पिटलमा लगिएको छ।