• विवेक मिश्र
    बेलवारी ।
    सिल्भर र पित्तल गालेर देवीदेवताका आकार दिन माहिर मुस्लिम समुदायका ४२ वर्षीय एचडी मैहवुव अलीले भारतको आन्द्र प्रदेश स्थित हैदरावादबाट नेपाल छिरेर मुर्ति बनाउन थालेकै २५ वर्ष वितिसक्यो । आफू १२ वर्षको हुँदै देखि सिल्भर र पित्तल गालेर विभिन्न देवीदेवताको आकार दिन सक्ने भएका उनले यसलाई पेशाकै रुपमा अँगालेका छन् । अहिले नेपालका विभिन्न भागमा पुगेर हिन्दु धर्मावलम्बीहरुले पूजा गर्ने देवी देवताको मुर्ति बनाउँदै विक्री गरिरहेका हुन्छन् । अलीले राधा, विष्णु, शिव, कृष्ण, गणेश, सरस्वती, दुर्गा, लक्ष्मी, हनुमान लगायतका भगवानका मुर्ति बनाउँछन् ।
    ‘मैले सानै उमेरमा भारतमै देवीदेवताको मुर्ति बनाउन सिकें,’ अलीले भने, ‘पछि धेरै सीपालु भएपछि मात्रै नेपाल छिरेको हुँ ।’ उनले भारतमै सिकेको सीपलाई भने नेपालमा आएर सदुपयोग गरेको सुनाए । केही समयदेखि आफ्नै सालो मोहुले उनलाई साथ दिइरहेका छन् ।

    भगवानका प्रतिमाको आकार दिन आरनमा पित्तल र सिल्भर गाल्दै गरेको अवस्थामा भेटिएका दुबै जनासंग यस विषयमा बुझ्न भेला जम्मा हुनेको भीड पनि लाग्दै थियो । छेउमा उनीहरुका नातेदार पर्ने दुई महिला पनि बच्चा साथमा लिएर बसिरहेका थिए । केही हिन्दु धर्मावलम्बी उनीहरुले बनाएको मुर्ति पूजा पाठ गर्नका लागि भन्दै खरिद गरेर लग्दै थिए । मुस्लिमको हातबाट बनेका मुर्तिहरु हिन्दुले पूजा गर्न लैजानुले समाजमा सकारात्मक सन्देश दिने गरेको सामाजिक अगुवाहरुको भनाइ छ ।
    अलीेले रेडबुल, क्यान वियरका बट्टा, पुराना कुकर, कित्ली समेतलाई गालेर भगवानको प्रतिमा बनाउन सकिने बताए । ‘कामनै नलाग्ने अवस्था पुगेपछि फ्यालिएका सिल्भर र पित्तलका वस्तुहरुलाई गालेर मुर्ति बनाउन सकिन्छ,’ उनले भने, ‘प्रयोग विहीन बनेको भन्दै जथाभावि फ्यालिने वस्तुलाई सदुपयोग गर्ने यो एउटा उपाय र तरिका पनि हो ।’ उनले एउटा मुर्ति बनाउन डेढ घण्टा सम्म लाग्ने जानकारी दिए । ‘खाएर फ्यालिएका रेडबुलका २० वटा बट्टालाई गालेर एउटा सानो मुर्ति बनाउन सकिन्छ,’ अलीले भने, ‘ठूलो आकारको बनाउन परे ६० वटा सम्म लाग्छ ।’


    एउटा मुर्ति बनाए बापत आफूले दुई सय ५० देखि छ सय रुपैयाँ सम्म लिने गरेको सुनाए । उनले दैनिक दुई हजार पाँच सय रुपैयाँ भन्दा बढी कमाई हुने गरेको बताए । ‘मैले नेपाल छिरेर भगवानको प्रतिमा बनाउँदै बेच्न थालेको २५ वर्ष भयो,’ उनले भने, ‘यहाँ कमाएको पैसा भारतमै रहेका परिवारको लालन पालन र छोराछोरीको पढाई खर्च धानेर बचाउने पनि गरेको छु ।’ उनका श्रीमती, तीन छोरी र एक छोरा भने भारतमै बस्छन् । सिल्भर र पित्तललाई गालेर कराई, दिउरे, ताप्के, डाडु र पन्युको आकार पनि दिन सकिने उनको भनाइ छ ।
    ‘सुरुसुरुमा मुस्लिम भएर हिन्दुको मुर्ति बनाउँछ भनेर धेरै आलोचना पनि भयो । मलाई यो पेशा नगर्न धेरै अवरोध र विरोध गर्ने काम पनि भयो,’ अलीले भने, ‘जे जस्तो भए पनि सबै धर्म एउटै र समान हुन् भन्ने लाग्छ । त्यही भएर मैले हिन्दु धर्मावलम्बीले मान्ने र पूज्ने भगवाननको मुर्ति बनाउने कला सिकेर त्यसैलाई निरन्तरता दिइरहेको हुँ ।’ त्यही कला र पेशाका कारण अहिले आफू र आफ्नो परिवारलाई धानिरहेको उनको भनाइ छ । अलीले आफूले बनाउने देवी देवताका प्रतिमा हिन्दु धर्मावलम्बीहरुले पूजा पाठ गर्नका लागि प्रयोग गर्ने गरेको सुनाए । ‘मुस्लिमले बनाएको मुर्ति लैजादैंनौ भनेर कसैले भनेका छैनन्,’ उनले भने, ‘बरु खरिद गरेर लैजानेहरु राम्रो मुर्ति बनाएको भनेर प्रशंसा गर्ने गर्छन ।’


    मुस्लिम धर्मका अगुवा नजरुल आलमले कसले मुर्ति बनाएको भन्ने भन्दा पनि यसले आफ्नो धर्म संस्कारसंग अरु धर्मकालाई घुलमिल गराउन मद्धत गर्छ भनेर सोच्नु चैं ठूलो विषय भएको बताउँछन् । ‘मुस्लिम समुदायका व्यक्तिसंग मुर्ति बनाउने कला भएकै कारण हिन्दु धर्म मान्नेहरुले पूजा गर्ने मुर्ति सहज रुपमा पाउन सक्नु भएको छ,’ उनले भने, ‘यसले सबै धर्म र समुदायलाई एकतावद्ध बनाउन पनि सहयोग गर्छ ।’ आलमले मुस्लिमकै हातबाट बनेको मुर्ति हिन्दु धर्मावलम्बीले खरिद गरेर लैजाने वातावरण बन्दा त्यसले धार्मिक सद्धभाव बढाउन पनि मद्धत पु¥याइरहेको बताए ।

    लक्ष्मीमार्गका बौद्ध धर्मका मान्ने युवा टाइसन मोक्तानले विभिन्न धर्मावलम्बीहरु बीचमा एकता हुन आवश्यक रहेको आजको सन्दर्भमा मुस्लिमले बनाएको विभिन्न भागवानका मुर्ति हिन्दुहरुले पूजा पाठन गर्ने अवस्था बन्नु सकारात्मक भएको बताए । ‘सबै धर्मावलम्बीहरु एक हुनु पर्छ । संसारमा सबै धर्म मान्नेहरुलाई समान व्यवहार गरिनु पर्छ,’ उनले भने, ‘धर्मावलम्बीहरुबीचको एकताले समाज जोड्छ । त्यसले सबैलाई समान हैसियतमा राख्न मद्धत गर्छ ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…