• बनेपा असोज ६ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)ले नेपालमा उत्पीडित जातिको मुक्ति अझै हुन नसकेको बताउनुभएको छ । 

    अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको दोस्रो राष्ट्रिय भेलालाई आज काभ्रेपलाञ्चोकको बनेपामा उद्घाटन गर्दै उहाँले भन्नुभयो, “सबै वर्गको मुक्तिका लागि अझ संघर्ष गर्नुपर्ने आवश्यकता छ ।” 

    नेता वैद्यले आन्तरिक राष्ट्रियता भनेको नै सबै उत्पीडित जाति र समुदायको मुक्ति हो भन्दै बाह्य राष्ट्रियताको मुद्दा निकै पेचिलो बन्दै गएको अवस्थामा अहिलेको सरकारले लिएकोे समृद्धिको नारा पूरा गर्न कठिन हुने बताउनुभयो । 

    देशमा अझै गरिबी, अन्याय, अत्याचार, भ्रष्टाचार र अशिक्षा रहेकाले समृद्धि सम्भव नहुने बताउँदै उहाँले त्यसको अन्त्यका लागि सरकारले प्रभावकारी योजना बनाएर त्यसको कार्यान्वयनमा विशेष जोड दिनुपर्छ भन्नुभयो । 

    अखिल नेपाल महिला सङ्घका केन्द्रीय सदस्य लक्ष्मी मुठवारीले महिला, जनजाति र उत्पीडित वर्ग एंव समुदायको सशक्तिकरण र न्यायका लागि राज्य गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । 

    अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय संयोजक फुर्नाम्गेल मोक्तानको अध्यक्षतामा भएको सो सम्मेलनमा १५ जिल्लाका प्रतिनिधि र पर्यवेक्षकको सहभागीता रहेको जनाएको छ । 
    ––– 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…