• ताप्लेजुङ, ६ असोज । नेपाल प्रेस युनियन ताप्लेजुङ शाखाको चौथो अधिवेशनले सन्तोष पुर्कुटीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

    सदरमुकाम फुङलिङमा आज सम्पन्न अधिवेशनले उपाध्यक्षमा आनन्द गौतम र इन्दिरा भण्डारी चयन हुनुभएको छ । यस्तै सचिवमा सीताराम गुरागार्इं, सहसचिवमा पासाङकिपा शेर्पा र कोषाध्यक्षमा ङिमा शेर्पा रहेका छन् । सदस्यमा रञ्जना गुरुङ, प्रदीप गुरुङ, अनिसा शेर्पा, नरनाथ भट्टराई, कुवीरमान राई, मोहन निरौला र भोमादेवी पोख्रेल रहेका छन् ।

    अधिवेशनले केन्द्र र प्रदेश पार्षद्कोसमेत टुङ्गो लगाएको छ । प्रेस युनियनका केन्द्रीय सदस्य तथा प्रतिनिधि युवराज गौतमको उपस्थिति साथै निवर्तमान जिल्ला अध्यक्ष धर्मप्रसाद पौडेलको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो । बन्दसत्रअघि भएको उद्घाटनसत्रमा विभिन्न अतिथिले शुभकामना दिएका थिए ।

    प्रमुख अतिथि तथा काङ्ग्रेस ताप्लेजुङ सभापति लीलादेवी बोखिम, नेपाल पत्रकार महासङ्घ ताप्लेजुङका कार्यवाहक अध्यक्ष चन्द्र पन्धाक, पाथिभरा बहुमुखी क्याम्पसका प्राध्यापक डिल्लिरमण बराल, युनियनका संस्थापक अध्यक्ष गजेन्द्र तुम्याहाङ, पत्रकार महासङ्घ पाँचथरका पूर्वसचिव गिरिराज बाँस्कोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
    –––

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…