• बिराटचौक/ नेपाली साङ्गितिक क्षेत्रमा चिरपरिचित नाम हो हेमन्त शर्मा। मायाँ साह्रै महङ्गो, के मायाँ गर्नु हुन्न र, मुल हौ भने रसाई देउ, जाली रुमाल, पातलीले आदि उनका लोकप्रिय गितहरु हुन्। सरल शब्द र सहजै जनजिब्रोमा झुण्डिन सक्ने लय उनको गितका बिशेषता हुन्। उनै कर्णप्रीय आवाजका धनी गायक शर्मा मोरङको बिराटचौकमा "हेमन्त शर्मा सुमधुर साँझ" कार्यक्रम मार्फत प्रस्तुत हुने भएका छन्।
    रेडियो कार्यक्रम 'नझरेका फूलहरु' ले गायक शर्मालाई बिराटचौकमा गुन्जाउन लागेको हो। 'नझरेका फूलहरु' स्थानीय रेडियो सुसेलीमा प्रशारण हुँदै आईरहेको सहित्यिक-सांगितिक कार्यक्रम हो। कार्यक्रमलाई बिगत ८ बर्षदेखी संचारकर्मी केपी घिमिरेले प्रस्तुत गर्दै आईरहेका छन्। यहि असोज ९ गते मंगलबार साँझ उद्योग वाणिज्य संघको हल बिराटचौकमा सम्पन्न हुने कार्यक्रममा गायक हेमन्त शर्माका अलावा गयिका यमुना पराजुली, कवि तारा पराजुली र मिनकुमार नवोदित श्रेष्ठले पनि आफ्ना गित तथा रचनाहरु प्रस्तुत गर्नेछन्।
    मोरङको बिकासशिल शहर बिराटचौकमा "नझरेका फूलहरु" ले आयोजना गर्न लागेको साहित्यिक-साङ्गितिक कार्यक्रम यो नै पहिलो कार्यक्रम भने होइन। संचारकर्मी केपी घिमिरेले "नझरेका फूलहरु" मार्फत प्रस्तुत गरेका साहित्यिक- साङ्गितिक कार्यक्रमको ११औं शृङ्खला हो यो। जसरी बिराटचौक पूर्वपश्चिम लोकमार्गलाई आँगन बनाएर मोरङ जिल्लाकै एक महत्वपूर्ण शहरका रुपमा बिकसित हुने मार्गमा दौडिरहेको छ, त्यसरिनै संचारकर्मी घिमिरेले संगित र साहित्यका तरेलीहरुले शहरलाई सिंगार्ने जमर्को गरिरहेका छन्।
    यहि शिलशिलामा उनले "नझरेका फूलहरु" मार्फत यस अघि चर्चित गायक लाक्पा शेर्पा, लेखु बिबश, सुरेश गन्धर्व, रामकृष्ण ढकाल, यम बराल, तुलसी पराजुली, सत्यकला राईलाई प्रस्तुत गरिसकेका छन्। त्यस्तै गरि बरिष्ठ संगीतकार राजु सिं, संगीतकार जेबी थुलुङ, कवि मनु मन्जिल, गायक नारयण शरण घिमिरे, संजिव धिमाल लगायतलाई पनि उनले सांगितिक-साहित्यिक शृङ्खलाहरुमा प्रस्तुत गरिसकेका छन्।
    मोरङको मिक्लाजुङ, टाँडीमा जन्मेहुर्केर बिराटचौकलाई कर्मथलो बनाएका संचारकर्मी घिमिरे उनी आफैं पनि गित लेख्छन्। उनको शब्द रचनामा रामकृष्ण ढकाल, आभा मुकारुङ, दिपक लिम्बु, झुमा निरौला लगायतले स्वर भरिसकेका छन्। उनको रचनामा रेकर्ड भएका करिब २ दर्जन गितहरु मध्ये आधा दर्जन जति गितहरुमा उनी स्वयंले संगित समेत दिएका छन्।
    शिक्षण पेशालाई निरन्तरता दिँदै बिगत आठ बर्षदेखी रेडियो सुसेलीमा "नझरेका फूलहरु" को प्रस्तोता मात्र नभई कार्यक्रम प्रमुखको जिम्मेवारी पनि निभाउँदै आएका घिमिरे भन्छन्- "सहित्य, कला र गित संगितको संरक्षण र संवर्द्धनका खातिर 'कलाकार राष्ट्रका गरिमा, निधि र पहिचान हुन्। साहित्य, कला र संगितको संरक्षण र संवर्द्धनका लागि " नझरेका फूलहरु" पलेंटी साँझ" भन्ने नाराका साथ यो शृङ्खला शुरु गरेको हुँ। त्यसकै अर्को अंक हो यो एघारौं शृङ्खला।"

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…