झापा । चारआली जेसीजको जेसीज सप्ताह अन्तरगत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
अर्जुनधारा १० स्थित पञ्चकन्या मन्दिरको सभाहलमा सम्पन्न शिविरमा ३०० भन्दा बढीले स्वास्थ्य सेवा लिएका थिए ।
शिविरमा नाक, कान, घाँटी र आँखाको निःशुल्क उपचार गरिएको थियो । अर्जुनधारा १० को विशेष सहयोगमा सम्पन्न शिविरमा परिवार नियोजन संघ चारआली र दृष्टि आँखा अस्पताल विर्तामोडको प्राविधिक सहयोग रहेको थियो ।
चारआली जेसीज वर्ष २०१८ का अध्यक्ष रोहीत दाहालको सभापतित्व तथा अर्जुनधारा १० का वडा अध्यक्ष बलदेव गोम्देनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा स्थानीय जनप्रनिधि तथा जेसीजकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन उत्तमप्रसाद पकुवालले गरेका थिए । यसैबिच चारआली जेसीजले आयोजना गरेको जेसीज सप्ताह समेत सम्पन्न भएको छ ।