• उर्लाबारी। मोरङको उर्लाबारी–९ खोपिडाँडास्थित प्रभात आधारभुत विद्यालयमा नगरपालिकाको सहयोगमा फेरिएको चुहिने छानो नगर प्रमुख खड्ग फागोले उद्घाटन गर्नु भएको छ । बिद्यालयमा भएको एक कार्यक्रमका बिच उहाले सो छानो उद्घाटन गर्नु भएको हो । उहाले बिकासका काम सबै मिलेर अगि बढ्नु पर्ने बताउदै खुट्टा तान्ने प्रबृति अन्त्य गर्नु पर्ने बताउनु भयो । उहाले सुन्दर श्रेष्ठले आफ्नो गाउँ घरमा गरेको सामाजिक कामको खुलेर तारिफ गर्नु भयो । श्रेष्ठले बिद्यालयमा मन्च बनाईदिएका छ्न ।
    यसअघि उनले सो विद्यालयको घेराबारा निर्माण गरिदिनुका साथै रङरोकन समेत गरिदिएका थिए । यसैबीच सोमबार एक कार्यक्रमका बीच समाजसेवी श्रेष्ठले सो विद्यालयलाई बाल उद्यमका सामग्रीहरु समेत बितरण गरेका छन् । कार्यक्रममा श्रेष्ठले सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई परिचयपत्र समेत बितरण गरेका छन् । समाजसेवी श्रेष्ठले त्यस क्षेत्रमा निजी लगानीमा बिभिन्न सामाजिक कार्यहरु सम्पन्न गरेका छन् । उनले निजी लगानीमा भोटेपुल–खोपिडाँडा सडकखण्डमा सडक बत्ती जडान गरिदिएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…