• पोखरा  ।  नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले ऐतिहासिक कालखण्डमा बिपी कोइरालाले लेख्नु भएका पार्टीको विधानलाई गम्भीर भएर परिमार्जन गर्नुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस कास्कीद्वारा  पोखरामा विधान संशोधन एवं सुझाव सङ्कलन विषयमा आयोजित दुई दिने प्रदेशस्तरीय भेलामा उहाँले नेपाली काङ्ग्रेसलाई झन सङ्गठित र सर्वश्रेष्ठ पार्टी बनाउने खालका सुझाव दिन सबैमा आग्रह गर्नुभयो । नेपाली काङ्ग्रेसका विधानको सम्बन्धमा सुझाव दिने विषय संविधानको विपरीत नहुनेतर्फ कार्यकर्तालाई सचेत गराउँदै उहाँले पार्टीको विधानमा आवश्यकता अनुरुप सुझाव दिनुपर्नेमा जोड दिनुभयो । पार्टी विधान संशोधन तथा सुझाव सङ्कलन टोली गण्डकी प्रदेशका संयोजक फरमुल्ला मन्सुरले गतिशील र सङ्गठित काङ्ग्रेस बनाउनका लागि पार्टीको विधानमा परिमार्जन गरेर एक तिहाइ पद आरक्षित गर्न लागिएको जानकारी दिनुभयो । संविधानअनुरुप, समावेशी, समानुपातिकको आधारमा महिला, दलित, आदिवासी जनजाति, थारु, मधेशी, मुश्लिमलगायतका वर्गलाई समेटेर विधान बनाउन लागिएको उहाँले स्पष्ट पार्नुभयो । विधान संशोधन तथा सुझाव सङ्कलन टोलीका सदस्य अमरसिंह पुनले काङ्ग्रेसलाई मजबुत बनाउने खालका सुझाव दिन आग्रह गर्दै पार्टीको विधानमा सम्मानित सदस्य, विशेष सदस्य, क्रियाशील सदस्य र गाउँ–टोली समितिको रुपमा वर्गीकरण गर्ने सोचाइ रहेको उल्लेख गर्नुभयो । नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसीले पार्टीको आन्तरिक शक्तिलाई बलियो बनाउनुपर्ने विषयमा जोड दिँदै युवा पुस्तालाई पार्टीको मूलधारमा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…