• मोरङ्गको रतुवामाई नगरपालिका ९ निवासी कृष्ण कार्की दुःखी रोगी र अशक्त र जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप सहयोग गर्नुहुने भएको छ। मोरङ्गको रतुवामाई नगरपालिका ९ घर भई जापानमा बसोबास गर्ने कार्कीले ८५ बर्षभन्दा माथिका जेष्ठ नागरिक र शारीरिक रुपमा अशक्त ६० जनालाई सहयोग स्वरुप सम्मान गर्ने हुनुभएको हो।

    जापानमा श्रम गरेर नेपालमा रहेका असहाय र अशक्तहरुको सेवामा कृयाशिल कार्कीले ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा रहेका अपाङ्गता भएका तुलिमाया कार्की र वाक्सा २ का रबिना राईलाई कार्कीले मासिक एक हजारका दरले जनही ६हजार प्रदान गर्नुभएको छ। कार्कीले रतुवामाई ९मा बसोबास गर्ने ८५बर्षमाथिका बृद्वबृद्वाहरुलाई असोज २९ गते एक कार्यक्रम गरी सम्मान गर्नुहुने कार्यक्रम छ।

    कार्यक्रममा जेष्ठ नागरिक र शारीरिक रुपमा अशक्तहरुलाई हरेकको घरघरमा गाडीमा लिन जाने र कार्यक्रम स्थलमा ल्याएर हरेक जेष्ठ नागरिकलाई नेपाली पोशाक लगाएर सम्मान गर्ने र अन्य अशक्तहरुलाई लत्ताकपडा बितरण गर्ने कार्यक्रम छ।

    कार्यक्रममा नै कार्कीले शारीरिक रुपमा अशक्त ब्यक्तिहरुलाई प्रति महिना जनही १ हजारको दरले भत्ता बितरण गर्ने बताउनुभयो। सो कार्यक्रममा राष्ट्रिय कलाकार र स्थानीय कलाकारको नृत्य तथा नाटकप्रस्तुति समेत रहने आयोजकले जनाएको छ।

    जापानको ओकिनावामा कार्यरत कार्कीले बिभिन्न ठाउँमा विविध प्रकारको सहयोग गर्दै आउनुभएको छ। कार्कीले ठुलो रकम खर्च गरेर कार्यक्रम गरेर रतुवामाई नगरपालिका जेष्ठ नागरिक र अशक्तलाई सम्मानसहित सहयोग गर्न लाग्नुभएको हो।

    ओखलढुंगाको मानेभञ्जयाङ २ मा जन्मिनुभएका कार्की मोरङ, रतुवामाई नगरपालिका –९का स्थायी बासिन्दा हुनुहुन्छ। कार्कीले जन्मभूमि ओखलढुंगा मानेभञ्जयाङको मनकामना माविका एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने एलिना कार्की र एलन कार्की लाई जनही ५ हजार रुपैँया नगद पुरस्कार प्रदान गर्नुका साथै र सो बिद्यालयमा उच्च शिक्षा सञ्चालनका लागि १ लाख सहयोग गर्नुभएको छ। यस्तै मोरङको रतुवामाई ९ को जनता माविका एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने रोजेश पौडेललाई नगद १० हजार प्रदान गर्नुका साथै अन्य ९ जना बिद्यार्थीलाई कार्कीले सम्मान गर्नुभएको थियो।

    कार्कीले मनमोहन अस्पताल काठमाण्डौमा मृगौला रोगबाट पिडित भएर उपचार गराईरहनुभएका नेपाली चलचित्रका मेकअप आर्टिष्ट ईन्द्र लामालाई नगद रु १०हजार सहयोग गर्नुभएको छ।
    असोज २९ गते सम्मान कार्यक्रममा कलाकारहरु ,र रतुवामाइ नाटय डबालिले नाटक समेत प्रदर्सन गर्ने भएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…