• काठमाडौँ, १० असोज । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत (दिल्ली) र चीन भ्रमणले नेकपामा भूइँचालो गएको छ । दाहालको भ्रमणलाई अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली पक्षका नेताहरुले षड्यन्त्रको गन्ध भन्दै असन्तुष्टि जनाएको नेकपा स्रोतले जानकारी दिएको छ । प्रचण्डको भारत र चीनले नेकपामा अझै तरंग चुलिएको छ ।

    पुष्पकमल दाहालको भारत र चीन भ्रमण राजनीतिक हुनसक्ने नेकपाभित्र चर्चा चलेको छ । भारतको चार दिने भ्रमण पूरा गरी लगत्तै दाहाल पाँच दिने भ्रमणका लागि चीन प्रस्थान गरेका थिए । राजनीतिक वृत्तमा नेकपा अध्यक्ष दाहाल भारत भ्रमणको स्पष्टीकरण दिन चीन गएको बताइएको छ ।

    वेटिङ प्रधानमन्त्रीका रुपमा हेरिएका दाहाललाई भारत र चीनले पहिला आफ्नो देशमा आउन भ्रमणको निम्तो दिएको थियो । अध्यक्ष दाहाल पहिलो भारत भ्रमणमा गएपछि कतिपयले भ्रमणलाई अनुत्पादकको रुपमा हेरेका छन् ।

    दाहालको बेमौसमको भारत र चीन भ्रमणप्रति अध्यक्ष खड्गप्रसाद शर्मा ओली असन्तुष्ट रहेको समाचार स्रोतले जानकारी दिएको छ ।

    भारत भ्रमणका क्रममा दाहालले भारतीय दैनिक अखबार द हिन्दुलाई दिएको अन्तर्वार्तामा दुई वर्षमा आफू प्रधामन्त्री बन्ने गरी पार्टी एकीकरण गरेको बताएपछि नेकपा पार्टीभित्र भुइँचालो गएको जानकारहरुले बताएका छन् । प्रचण्डको भारत र चीनले भ्रमणले स्वयम प्रधानमन्त्री ओलीनै शसंकित भएकाछन् एक नेताले भने ।

    नेकपा पार्टीभित्र माधवकुमार नेपाल समूहले सकेसम्म अध्यक्ष दाहाललाई कि नारा लगाउने रणनीतिमा जुटेको समाचार स्रोतले बताएको छ । नेकपा पार्टीमा अध्यक्ष दाहाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ एक दिन अघि र पछि चीन प्रस्थान गर्नुलाई राजनीतिक रुपमा अर्थपूर्ण मानिएको छ ।

    उता, दाहालको बेमौसमी भारत र चीन भ्रमणका विषयलाई लिएर प्रधानमन्त्री समेत रहेका ने।क।पा।का अध्यक्ष खड्गप्रसाद शर्मा ओली बढी सशंकित देखिएका छन् ।

    प्रधानमन्त्री भएपछि नेपालका प्रधानमन्त्री भारत र चीनमा ओहदाको प्रमाणपत्र बुझाउन जाने प्रचलन जस्तो नै बनिसकेको अवस्थामा ओली भारत र चीनको भ्रमणमा गइसकेका छन् ।

    कम्युनिष्ट सरकारप्रति बढी सकारात्मक हुने ठम्याइका साथ चीनको भ्रमणमा समेत पुगिसकेका ओलीलाई भारतले अझै पनि पूर्णरुपमा विश्वास गर्न नसकेको अवस्था रहेको राजनीतिक वृत्तमा चर्चा छ ।

    जो प्रधानमन्त्री भए पनि उसलाई आफ्नो पक्षमा पार्न प्रयास गर्ने भारतीय नीति अनुरुप भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धार्मिक भ्रमणकै नाममा भए पनि नेपालमा आई ओलीलाई फकाउने प्रयास गरेका थिए ।

    त्यसरी भारतले आफूलाई भाउ दिएको बुझाइमा रहेका प्रधानमन्त्री ओलीले चीनमा पुगी केही महत्वपूर्ण समझदारीहरु गरेपछि भारतीय पक्षले ओलीलाई शंकाकै घेरामा राखिरहेको अवस्था छ ।

    यस्तो अवस्थामा भारतले दाहाललाई भारत भ्रमण गराई आफ्नो विकल्पका रुपमा उभ्याउन खोजेको बुझाइमा ओली रहेको पनि ओली निकटको समाचार स्रोतले जानकारी दिएको छ ।

    भारतभन्दा बढी आशा चीनको रहेको ठानिरहेका ओलीलाई चीनले समेत दाहालको भ्रमण गराइदिएकाले मनमा तुषारापात भएको बताइएको छ ।

    ओलीले भारतले जे जस्तो गरे पनि चीनले भने आफ्नो साथ दिइरहने विश्वास लिएको अवस्थामा दाहाललाई पनि चीन भ्रमण गराएकाले चीनप्रति पनि पहिलेको जस्तो विश्वास गर्ने ठाउँ नभएको बुझाइमा ओली पुगेको पनि स्रोतले बताएको छ ।

    तत्कालीन नेकपा (एमाले) सँग पार्टी एकता गर्दा आपूm दुई वर्षपछि पछिल्लो कार्यकाल चलाउनका लागि प्रधानमन्त्री बन्ने अलिखित सहमति गर्न पुगेका दाहालले प्रधानमन्त्री बन्नका लागि जे पनि गर्न सक्ने भनी ओलीलाई उनकै निकटवर्तीहरुले भन्ने गरेको पनि स्रोतको भनाइ छ ।

    त्यसो त पार्टी एकता गरेपछि ओलीकै हैसियतमा पार्टीको अध्यक्ष समेत दिइएको अवस्थामा ञपर्ख र हेरञ को अवस्थामा रहेका दाहाल पद मात्र दिइएको तर जिम्मेदारी र प्रतिष्ठा भने नदिइएको प्रति एकदमै चिन्तित हुने गरेको दाहाल निकटको स्रोतले जानकारी दिएको छ ।

    त्यसरी एउटै पार्टीको अध्यक्ष भए पनि ओलीले आफूलाई २ नं। स्तरीय अध्यक्षका रुपमा थन्क्याएको भनी समाचारहरुमा टिप्पणीहरु आउन थालेको विषयलाई पनि दाहालले सही रुपमै लिने गरेको स्रोतको कथन छ ।

    हुँदा हुँदैको पार्टीको अध्यक्षबाट २ नम्बरे अध्यक्षमा झर्नु परेको बुझाइमा रहेका दाहाल भावी महाधिवेशनबाट पार्टीको अध्यक्ष समेत बन्ने दाऊका साथ एमालेसँग आफ्नो दललाई एकीकरण गराउन सहमत भएका थिए ।

    तत्कालीन एमालेका नेताहरुमा गुटहरु कायम रहेको अवस्थामा ओलीले आफूलाई समर्थन गरी आफ्ना प्रतिस्पर्धी गुटका नेताहरुको तेजोबध गर्ने अपेक्षा दाहालले गरे पनि पछिल्लो समयमा तत्कालीन एमालेका नेताहरुले ओलीलाई आफुनो विकल्पमा दाहाललाई नभई माधवकुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने वातावरण बनाउनका लागि ओलीलाई सुझाव तथा दबाब दिएको अवस्थामा पार्टीको निर्वाचित अध्यक्ष बन्ने आफ्नो सोचमा तुषारापात हुने बुझाइमा दाहाल रहन पुगेका छन् । यस्तो अवस्थामा दाहालले आफ्नो वातावरण बनाउनका लागि जे पनि गर्न सक्ने भनी ओली भने सशंकित छन् ।

    पछिल्लो समयमा पूर्व माओवादी रहेका नारायणकाजी श्रेष्ठसँग पनि राम्रो सम्बन्ध बन्न नसकेको अवस्थामा रहेका ओलीले नारायणकाजीको चीन भ्रमणलाई लिएर पनि चिन्ता व्यक्त गर्ने गरेको स्रोतको भनाइ छ । उनले पनि दाहालका लागि वातावरण बनाउन विभिन्न प्रयासहरु गरिरहेको बुझाइमा ओली रहेका छन् ।

    डा.सुरेन्द्र केसीको अनसनका विषयमा केसीका जायज मागहरुलाई सरकारले सम्बोधन गर्नुपर्छ भन्ने मान्यता लिएका श्रेष्ठप्रति त्यो बेलादेखि नै नकारात्मक बन्न पुगेका ओली उनले पार्टीको प्रवक्ताबाट दिएको राजीनामाका कारण बदलाभाव स्वरुप उनले आफूलाई कुनै पनि बेलामा अप्ठ्यारोमा पार्न सक्ने बुझाइमा समेत ओली रहन पुगेको स्रोतको भनाइ छ ।

    यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुन पनि चीन भ्रमणमा निस्किएपछि ओली झनै दबाबमा परेको नयाँ विमर्शमा उल्लेख छ । पुन पनि पूर्वमाओवादी नेता भएका कारण उच्चस्तरीय भ्रमणका दौरान आफ्नो विरुद्धमा मोर्चा कसिने पो हो कि भनी ओली त्रसित बनेको पनि स्रोतले बताएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…