• भरतपुर । एसिड आक्रमणबाट घाइते भएकी कावासोती १० डण्डा हरमासी टोलकी वसन्ती परियारको अवस्थामा सुधार आइरहेको छ । घाइते वसन्तीको भरतपुर अस्पतालको आईसियु कक्षमा उपचार भइरहेको छ ।

    उपचारमा संलग्न चिकित्सक डा. सुरेश प्रधानले एसिड आक्रमणबाट घाइते भएकी वसन्ती बोल्न सक्ने अवस्थामा ल्याउन सकिएको बताए । उनले भने ‘वसन्तीलाई भेन्टिलेटरबाट निकालेका छौँ, अक्सिजन पनि दिन छोड्यौँ । पहिलाको भन्दा धेरै सुधार भइरहेको छ ।’

    एसिड प्रहारबाट घाइते वसन्तीको आँखामा गहिरो चोट परेको थियो । आँखामा परेको असरबारे आँखा परीक्षण पनि भएको छ । आँखाको उपचारमा संलग्न चिकित्सकहरुले दायाँ आँखाको नानीको थोरै भाग जलेको जानकारी दिए ।

    ‘पहिलाको जटिल अवस्थाबाट धेरै नै सुधार भइरहेको छ, तर अझै खतरामुक्त भनेर भन्न सकिने अवस्था छैन’ डा सुरेश प्रधानले भने । उनका अनुसार छुरी हानेका भागहरुमा सुधार देखिएको छ ।

    यसअघि उपचार गर्न ल्याएकै दिन भरतपुर अस्पतालका सर्जन डा. सुरेश प्रधान, डा. प्रितम गुरूङ, डा. ज्ञानेन्द्र न्यौपानेको टोलीले ३ घण्टा लगाएर वसन्तीको ३ वटा अप्रेशन गरेको थियो । डा. सुरेश प्रधानले भने, ‘उपचार गर्न ल्याएकै दिन छुरी लागेको भाग पेट, छाती र अनुहारको अप्रेसरन गरिएको थियो ।’

    घाइते बसन्तीको एसिडले २२ प्रतिशत भाग जलेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । ३५ प्रतिशतभन्दा बढी भाग जल्यो भने बाँच्ने सम्भावना ज्यादै कम हुन्छ । ‘वसन्तीको एसिडमात्र नभई, छुरासमेत प्रहार भएको हुँनाले अझै केही ग्यारेन्टी गर्न सकिने अवस्था छैन’ डा. सुरेश प्रधानले भने, ‘तर अवस्था धेरै नै सुधार भएको हुँनाले आशा बढ्दै गएको छ ।

    कावासोती प्रहरीका अनुसार कावासोती नगरपालिका वडा नं १६ डण्डाको हरमासी टोलमा तरकारी किनेर फर्कदै गरेकी वसन्तीमाथि सोमबार साँझ सोही ठाउँका बिमल शिर्पालीले एसिड प्रहार सँगसँगै छुरा प्रहार गरेका थिए । उनी अहिले कावासोती प्रहरी कार्यालय नियन्त्रणमा रहेका छन् । परिवारले दोषीउपर किटानी जाहेरीसमेत दिएका छन् । बिमलले आफ्नो अपराध स्वीकार गरिसकेको प्रहरीको भनाइ छ ।

    कावासोती प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले योजनाबद्ध ढंगले आक्रमण भएको बताए । उनले बिमल माथी ज्यान मार्ने उद्योगमा जाहेर लिएर कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…