• काठमाडौँ, १० असोज

    अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मुलुकभरका फुटसल क्लबहरूलाई व्यवस्थित गर्ने गृहकार्य शुरु गरेको छ ।

    अहिले रहेका फुटसल क्लबहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभएकाले तिनीहरूलाई मापदण्डमा ल्याएर व्यवस्थित बनाउन एन्फाले विशेष योजना बनाउन लागेको एन्फाद्वारा गठित फुटसल समितिका संयोजक एवं एन्फा केन्द्रीय सदस्य दाबा लामाले बताउनुभयो ।

    संयोजक लामाले आज सूचना प्रकाशित गरी निकट भविष्यमा विभिन्न कार्यक्रम बनाई राष्ट्रिय तथा तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालनका साथै अन्तर्राष्ट्रिय सहभागितामा समेत मुलुकभर रहेका सबै फुटसल क्लबहरूसँग सल्लाह सुझाव र परामर्श लिई फुटसलका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

    “सबै फुटसल सञ्चालकसँग परामर्श गरिरहेको छु, उहाँहरूले सल्लाहअनुसार फुटसलको सूचीकृत गरी यसलाई व्यवस्थित बनाउँछु,” संयोजक लामाले भन्नुभयो । हाल मुलुकभर ११५ वटा फुटसल सेन्टर सञ्चालनमा रहेको बताइएको छ । अहिले दैनिक व्यायामका लागि मात्रै उपयोग हुँदै आएका फुटसल सेन्टरहरूलाई व्यवस्थित बनाई नेपालले पनि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने एन्फाको लक्ष्य रहेको संयोजक लामाको भनाइ छ ।

    लामाद्वारा प्रकाशित सूचनामा फुटसल समितिमा आफ्नो फुटसल सेन्टरबारे सबै जानकारी गराउन आग्रह पनि गरिएको छ । २० दिनभित्र फुटसल सेन्टरको सूची तयार भएपछि सञ्चालक तथा फुटसल क्लबका प्रतिनिधिसँग पनि छलफल हुनेछ । (रासस)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…