• बुधबारे। बुधबारे जेसीजले जेसीज सप्ताह भव्यताका साथ सम्पन्न गरेको छ । असोज १ देखि ७ गते सम्म विभिन्न कार्यक्रम गरी जेसीज सप्ताह मनाएको हो । जेसीज सप्ताह अन्तर्गत सचिवालयमा नेपालको राष्ट्रिय झण्डा र जेसीज झण्डा फहराएर सुरु गरिएको सप्ताह कार्यक्रममा वृहत स्वास्थ्य शिविर आयोजना गरियो । शिविरमा २९५ ले सेवा लिए । त्यस्तै महिला हिंसा विरुद्ध बुधबारे बजारमा वृहत मौन ¥याली निकालियो । विभिन्न विद्यालयका विद्यार्थी सहित ¥यालीमा ३ सय बढीको सहभागिता रहेको थियो ।
    त्यस्तै बढ्दो दुर्घटना न्युनिकरण गर्ने उद्धेश्यले स्लो ड्राइभ लङ लाइफ लेखिएको करीव एक सयबटा टिसर्ट सवारी चालकलाई वितरण गर्दै तपाईको जिम्मामा सयौं यात्रु छन् । उनीहरुको जिवन तपाईको हातमा छ त्यसैले विस्तारे सवारी चलाउनु होला है भनेर सचेतना फैलाउने कार्य भयो । त्यस्तै बुद्धशान्ति गाउँपालिकामा पछिल्लो केहीमहिना यता सवारी दुर्घटनामा परेर आधा दर्जन युवाको छुट्टाछुट्टै घटनामा परि मृत्यु भएपछि तिव्र गतिमा सवारी कुदाउनु हुन्न भन्ने सन्देस दिन स्लो मोटरसाईकल रेस आयोजना गरिएको । जयपुर बजारमा आयोजना गरिएको कार्यक्रममा ८० जनाको सहभागिता थियो । जेसीज सप्ताह अन्तर्गत नै बुधबारे जेसीजले बन्धुत्वको भावना विकास गर्न झापाका ७ बटा जेसीज शाखाको भ्रमण गरेको थियो भने आदर्श माविका ११ र १२ कक्षाका एक सय बढी विद्यार्थीलाई उद्घोषण तालिमको आयोजना गर्यो भने जेसीज र दारी ग्याङ बीच मैत्रिपूर्ण फुटबलको आयोजना पनि गरिएको थियो ।





सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…