• झापा । धुलाबारीको जग्गाको बिषयमा उत्पन्न बिवादका बारेमा मेचीनगर नगरप्रमुख बिमल आचार्यले आफुले गरेका काम कानून सम्बत रहेको बताउँदै गलत काम गरेको पुष्टी भए प्रमुखको कुर्सीमा नबस्ने घोषणा गर्नु भएको छ । नगरप्रमुख आचार्यले पत्रकारहरुसंगको भेटमा धुलाबारीको जग्गाको बिषयमा नगरपालिकाको सम्बन्धत शाखाबाट कानून सम्बत रुपमा आएको फाईललाई नगरप्रमुखको अधिकार भित्र रहेर आफुले अगाडी बढाएको बताउनु भयो । नगरप्रमुख आचार्यले होटल सञ्चालनको अनुमति नदिएको प्रष्ट पार्नु भयो । आचार्यले भन्नु भयो–“हामीले होटल सञ्चालनको अनुमति दिएका छैनौं । भवनको कक्साका बारेमा अध्ययन गर्न भवन विभागलाई पठाएको मात्र हो, अन्तिम स्वीकृति नगरपालिकाले नै दिने हो तर त्यस बारेमा अहिले कुनै निर्णय भएको छैन ।”
    नगरप्रमुख आचार्यले जनताबाट निर्वाचित भएर नगरपालिकामा गईसके पछि पार्टी भन्दा माथी उठेर काम गर्नु पर्ने र आफुले सोही अवधारणामा काम गरेको दाबी गर्नु भयो । धुलाबारीको जग्गाको बिषयमा यस अघि नै नगरपालिकामा प्लटिङको नक्सा तथा मालपोतले अंशबण्डा गरेको बारेमा उपप्रमुख सहित पटक पटक छलफल भएको अवस्थामा एकाएक उपप्रमुख कै अगुवाईमा कार्यपालिका सदस्यहरुले दलगत रुपमा बिज्ञप्ती जारी गरेर केही थाहा नपाएको भन्नुले आफु आश्चर्यमा परेको प्रमुख आचार्यले बताउनु भयो । आफु यो बिषयमा खुल्ला छलफल गर्न तयार रहेको समेत प्रमुख आचार्यले बताउनु भयो ।
    नगरपालिकाको नाममा दर्ता भएका बिगौं बिगा जग्गा नगरपालिकालाई कुनै शुल्क नबुझाई बर्षौदेखी बिभिन्न ब्यक्तिहरुले भोगचलन गरिरहेका छन । त्यस बिषयमा आफुले प्रक्रिया अगाडी बढाउँदा कसैले चासो नदिएको तर कानून सम्बत प्रक्रिायमा रहेको धुलाबारीको जग्गाका बिषयमा मात्र यति धेरै कुरा किन भईरहेको छ भन्ने बिषय आफुले नबुझिरहेको प्रमुख आचार्यले पत्रकारहरुसंग बताउनु भयो । नगरप्रमुख आचार्यका अनुसार नगरका अन्य जमिनमा भएको अतिक्रमण रोक्ने प्रक्रिया आफुले शुरु गर्दा कसैबाट सहयोग नपाएको गुनासो समेत गर्नु भयो ।
    नगरपालिकाको सिफारिसलाई लत्याएर मालपोत कार्यालयले जग्गा अंशबण्डा पास गरे पछि हामी सबै मिलेर मालपोत कार्यालयलाई दबाब दिनु पर्ने अवस्थामा नगरकै प्रतिनिधिहरु आफुलाई बदनाम गराउन लाग्नुले समस्या थपिएको प्रमुख आचार्यले बताउनु भयो ।
    मेची पुल निर्माणको प्रक्रियामा ४४ घर स्थानीयको थालथलो उठ्ने अवस्थामा उनीहरुका लागि आफुले सम्माजन पुर्नबासको लागि लागिरहेको र यस बिषयमा यस क्षेत्रका संघ र प्रदेश सांसदहरुलाई समेत जानकारी गराएको अगाडी बढेको भए पनि अहिलेसम्म क्षतिपुर्तीको प्रक्रिया टुङ्गोमा पुग्न नसकेको बताउँदै प्रमुख आचार्यले धुलाबारीको जग्गाको बिषयको बिवाद उठान गरेर नगरपालिका भित्रै सहज रुपमा काम गर्ने बातावरण बिगार्ने प्रयास भएको समेत प्रमुख आचार्यले बताउनु भयो ।
    मेचीनगर वडा नं। १० स्थीत धुलाबारी उत्तर तर्फको साबिक चिया बिकास निगमको कार्यालय रहेको स्थानको शुवासराज काफ्लेको नाममा रहेको ५ बिगाहा १८ कठ्ठा जग्गा ब्यवशायीक प्रयोजनका लागि प्लटिङ गरी नगरपालिकाबाट मापदण्ड अनुसार ५ प्रतिशत जग्गा खाली स्थानका लागि छोडेर नक्सा स्वीकृत भए पनि मालपोत कार्यालय झापाले उक्त जग्गा अंशबण्डा पास गरि ब्यवशायीक प्रयोजनकाबाट हटाएर ब्यक्तिगत जग्गाका रुपमा परिणत गरिदिए पछि उक्त खुल्ला स्थानका लागि छोडिएको ५ कठ्ठा १८ धुर जग्गामा जग्गा धनी काफ्लेले होटल बनाउने प्रयोजनका लागि नगरपालिकामा नक्सा स्वीकृतिको लागि पेश गरेका थिए । जग्गा धनीले प्रस्ताव गरेको ९ तले होटलको नक्सा सम्बन्धी अध्ययन गरि जानकारी दिने भवन तथा शहरी बिकास बिभाग काठमाण्डौका लागि प्रक्रिया अगाडी बढाए पछि बिवाद उत्पन्न भएको थियो ।
    सोही बिषयलाई लिएर नेकपा मेचीनगरले असोज २ गते नगरपालिकामा ज्ञापन पत्र बुझाएको थियो भने असोज ३ नगरप्रमुख आचार्यले प्रेस बिज्ञप्ती जारी गरी स्पष्ट पार्नु भएको थियो । तर असोज ७ गते उपप्रमुख मिना उप्रेतीको अगुवाईमा नेकपा संसदीय दल मेचीनगरले प्रेस बिज्ञप्ती नै जारी गरी नगरप्रमुख आचार्यले आफुहरुलाई जानकारी नगराई एकलौटी ढंगबाट धुलाबारीको जग्गामा बन्ने होटलको नक्सा स्वीकृतिको प्रक्रिया अगाडी बढाएको आरोप लगाएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…