• पोखरा, १० असोज । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीकी श्रीया विक (सुनार)को बलात्कारपछि हत्या गर्ने कुसुम पौडललाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख ओमबहादुर रानाले अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका पौडेलले घटनामा आफू संलग्न रहेको स्वीकार गरेको जानकारी दिनुभयो ।

    छानबिन र अनुसन्धानका क्रममा घटनाको जानकारी हुनासाथ प्रहरीले केही घण्टाभित्रै शङ्कास्पद व्यक्ति पक्राउ गरेको बताउँदै उहाँले केरकारका क्रममा पौडेलले हत्या गरेको स्वीकार गरेको उल्लेख गर्नुभयो ।

    प्रहरीका अनुसार सोमबार रक्सी र गाँजाले मातेर घर आउँदा पौडेलले बाटोमा श्रीयालाई भेटेपछि शुरुमा चकलेट खाऊ भनी रु पाँच दिए । त्यसपछि पुनः रु १० देखाई प्रलोभनमा पारी जबर्जस्ती गर्न खोजे । श्रीयाले प्रतिकार गर्न खोजेपछि घाँटी थिचे र झाडीतिर फालिदिए । झाडीमा घाँटी थिचेर बलात्कार गरी ढुङ्गाले हानी हत्या गरे । स्थानीयवासीले आज विरोध ¥यालीसहित जिल्ला प्रहरी कार्यालय अघि धर्ना दिँदै हत्यारालाई हदै सम्मको कारवाही गर्न माग गरेका छन् ।
    –––

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…