• काठमाडौँ, ११ असोज । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा आरोपित व्यक्तिलाई अझैसम्म अनुसन्धानको दायरामा नल्याइएको यहाँ सार्वजनिक एक प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ । 

    नेपाल मानव अधिकार सङ्गठनले पत्रकार बुधबार सम्मेलन गरी सार्वजनिक गरेको सो प्रतिवेदनमा प्रहरीले आरोपित व्यक्तिमाथि अझै अनुसन्धान नै शुरु नगरेकोे तर निर्दोष व्यक्तिलाई यातना दिइ पीडा दिएको जनाइएको छ । 

    उक्त सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले सरोकारवालासँगको सङ्क्षिप्त बयान, स्थानीयसँगको छलफल तथा निर्मला पन्तको न्यायका लागि सङ्घर्षरत् ४० भन्दा बढी समाजका व्यक्तिसँग गरिएको छलफलको निचोडलाई प्रतिवेदनमा समेटिएको बताउनुभयो । 

    उक्त घटना अनुसन्धानका क्रममा भीमदत्त नगरपालिका– १५ का दिलीप विष्टलगायत केही व्यक्ति चरम यातनाका कारण मानसिकरुपमा विक्षिप्त भएका छन् भने बम दिदीबहिनी, मामा भनिएका तीर्थराज भण्डारीलगायतसँग अनुसन्धानमा खटिएका टोलीले अझै सोधपुछ तथा अनुसन्धान शुरु नगरेकोे उहाँले जानकारी दिनुभयो । 
    ––– 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…