• काठमाडौं, असोज १०।  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना भएको दुई महिना वित्दा समेत प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन। सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले मंगलबार मात्र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई प्रतिवेद बुझाएको छ।

    तर, घटना तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख (हाल निलम्बित एसपी) दिल्लीराज विष्टतिर सोझिएको छ। गृहमन्त्री रामबहादुर थापाले बुुधबार संसदमा बोल्दै घटनाको अनुसन्धानको क्रममा प्रहरीले गम्भीर गरेको र निर्मलाको लुगा समेत जलाएर प्रमाण नष्ट गरेको बताएका थिए।

    यता, प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले निलम्बित एसपी विष्ट जेलसम्म जान सक्ने चेतावनी दिएका छन्। संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आइजीपी खनालले पन्त हत्याकाण्डमा कमजोरी गरेका कारण विष्टमाथि छानविन भइरहेको बताएका हुन्।

    समितिको बैठकमा सांसद विजय सुब्बाले विष्टलाई बर्खास्त नगरी किन निलम्बन मात्र गरेको भन्दै प्रश्न गरेका थिए। आइजीपी खनालले भने, ‘अहिले विष्टमाथि अनुसन्धान जारी छ, अनुसन्धानपछि भेटिएका तथ्यहरुका अनुसार जागिर खाइदिने मात्रै हैन जेलभित्र हाल्ने समय पनि छ ।’

    उनले भने– ‘यो केशमा प्रहरीले म्यानुअल्ली इन्भेष्टिगेशन’ भइरहेको बताए। ‘टेक्नोलोजिकल्ली इन्भेटिगेशन गर्न कठिन भइरहेको छ । यो केश जसरी पनि प्रहरीले पत्ता लगाएरै छोड्छ, निराश नहुन मेरो आग्रह छ,’ उनले भने।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…