• उर्लाबारी । उर्लाबारी—९ आम्बारी स्थित सार्वजनिक माविले विहीवार छात्रबृत्ति वितरण तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका भएको छात्रबृत्ति कार्यक्रममा कक्षा १ देखी कक्षा ८ सम्मका ६९ जना छात्रालाई नगद ४०० रुपैयाका दरले छात्रबृत्ति वितरण गरिएको छ । यस्तै दलित छात्रबृत्ति १ कक्षा देखी ८ कक्षा सम्मका ११ जना विद्यार्थीलाई वितरण गरिएको छ । जसको नगद पनि ४ सय रुपैंया नै रहेको छ । कक्षा ८ र ९ मा अध्ययनरत २ जनालाई ५ सय रुपैंयाका दरले वितरण गरिएको छ । सिमान्तकृतबाट १ जनाले ५०० रुपैया पाएका छन् । कक्षा ९ र १० मा अध्ययन गर्ने ५ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई नगद १७ सयका दरले छात्रबृत्ति गरिएको विद्यालयका प्रधानाध्यापक टंक दुलालले बताउनुभयो ।

    उहाँका अनुसार विद्यार्थीहरुलाई नेपाल सरकारबाट नियमित प्राप्त हुने छात्रबृत्ति वापतको रकम वितरण गरिएको हो । जसबाट पठन पाठनमा आवश्यक समाग्रीमा उनीहरुलाई सहज हुनेछ । विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी वडा नम्बर ९ का वडा अध्यक्ष बम फ्याक र विशिष्ट अतिथी वडा नम्बर ८ का वडा अध्यक्ष कुलबहादुर कार्की लगायतले संयुक्त रुपमा छात्रबृत्ति वितरण गर्नुभयो । सोहि अवसरमा विद्यालयका अध्यक्ष कुरुराज आङबुहाङ नगर शिक्षा समितिको सदस्यमा चयन हुनुभएकोमा बधाई ज्ञापन गरिएको छ । उहाँलाई विद्यालय परिवार र अतिथीहरुले फुलमाला र अविर लगाएर बधाई दिनुभएको थियो । यस्तै पत्रकार तेजन खड्कालाई पनि विद्यालय परिवारले समस्याहरु उठान गरिदिएर विद्यालयको स्तरोउन्नतीमा सहयोग गरेको भन्दै सम्मान गरेको थियो । सोहि अवसरमा अन्तर सदनात्मक नृत्य प्रतियोगिता सम्पन्न भएको थियो । विद्यालयका अध्यक्ष आङबुहाङको सभापतित्वमा भएको कार्यक्रममा उर्लाबारी स्रोत केन्द्रका स्रोत व्यक्ति गंगाबहादुर भट्टराई,पूर्व अध्यक्ष ओमप्रकाश उप्रेती,मुक्तिनाथ आपागाई,चुडामणि आपागाई,बिष्णु प्रसाद आपागाई, सल्लाहकार अमर सेलिङ लगायतको आथित्यता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…