•  

    दीप खादी लिम्बू,
    क्वालालम्पुर
    असोज-११

    नेपाली मजदुरका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तब्यको रुपमा चिनिदै आइरहेको मलेशिया पछिल्लो समय नेपाली मजदुरहरुका लागि अस्तब्यस्त बन्दै गएको छ।श्रमिक अगुवा र सघ सस्थाहरु लाई बिस्वासको माध्यम बनाएर मजदुर ठगिरहेको यो नया भने होइन।नेपाल सरकारको एकपक्षीय अडानका कारण मलेशियाको श्रम बजारमा अन्यौल्ता त छदै छ त्यसमा पनि अबैधानिक नेपालि मजदुरहरु लाई स्वदेश फर्काइ दिने विभिन्न बहाना र शीर्षकमा रकम असुलेर अलपत्र पारी छाडिने घट्नाले अझै सोचनिय बनाएको छ।

    मलेशियाको श्रम बजारमा माथि उल्लेखित घट्नाहरु त उदाहरण मात्रै हुन।कयौ नेपाली मजदुरहरु छोटे दलाल र बिचौलियाहरुका कारण पिडित बनेका लामै कहानिहरु प्रसस्त छन।केहिदिन अगाडि मात्रै यस्तै घट्ना २६ जना नेपाली मजदुरहरु माथी थपिएको छ।नेपाल आदिबाशी जनजाति महा सघ मलेशियाका निलम्बित पुर्ब अध्यक्ष फूपू तेम्बा शेर्पाले यस्तै आरोप खेपिरहेका छन।र आरोपित शेर्पा द्वारा अबैधानिक तबरमा रहेका नेपालि मजदुरहरु लाई अहिले अलपत्र पारेको तथ्य बाहिरिएको छ।

    आफुहरु अबैधानिक रहेकै कारण सुरक्षित स्वदेश फर्किन भनेर शेर्पा लाई प्रती ब्यक्ती मलेशियन रिङिट २,००० को दरले १ महिना अगाडि बुझाएका पिडितहरु बताउछन।मलेशियन सरकारले ल्याएको घर फिर्ती कार्यक्रमको अवधी अगस्ट-३१ तारिक बाट समाप्त भएको छ।भने रकम बुझाएका मजदुरहरु अझै मलेशियामा आफ्ना साथिहरु र केही नेपाली रेस्टुरेन्टको बसाइमा छन।आम माफी कार्यक्रम सकिए लगतै नेपाल पठाउछु प्रतीक्षा गर भन्दै करिब ढेड महिना बितिसक्दा सम्म पनि नपठाए पछि दूतावासले जारी गरेको एकतर्फी यात्रा अनुमती पत्रको मिति पनि सेप्टेम्बर-१९ तारिक सकिएको छ।

    उक्त एकतर्फी यात्रा अनुमती पत्रको समय अवधि सकिए सङै यो घट्ना सार्बजनिक भएको हो।
    उक्त वउक्तमा मुछिए पश्चात् जिम्मेवारी पदमा रहेका अध्यक्ष फूपू तेम्बा शेर्पा नेपाल आदिबाशी जनजाति महा सघ रास्ट्रीय समन्वय समिती मलेशियाले सेप्टेम्बर-१९ तारिक सघका बरिस्ठ उपाध्यक्ष राम तामाङ र महासचिव सबिन लोप्चन द्वारा हस्तक्षरित बिज्ञ्यप्ती जारी गर्दै पद बाट निलम्बन गरेको थियो।निलम्बित शेर्पा द्वारा पीडितहरु नेपाली राजदुतावास मलेशियामा आफुहरु ठगिएको बारे लिखित उजुरी दिए पछि यो मुद्दा झनै तड्कारो रुपमा खडा हुन पुग्यो।

    कसरी एकीकृत भए २१ ओटा सस्थाहरु?

    हाल अलपत्र अवस्थामा रहेका २६ जना नेपाली मजदुरहरु ले शेर्पा सङ स्वदेश फर्काइ दिन बारम्बार आग्रह गर्दा पनि बेवास्ता गरेको र आज हुन्छ भोलि हुन्छ भन्दै आश्वासन मात्र दिए पछि मलेशिया स्थित गठित विभिन्न सघ सस्थाहरु लाई गुहारेका थिए।

    अलपत्र उक्त मजदुरहरु लाई रकम फिर्ता पनि नदिने र स्वदेश फर्किने यात्रा अनुमती पत्रको म्याद सकिए पछि नेपाली दुताबास लाई भनसुन गर्न नेपाली श्रमिक अगुवाहरु सङै दूतावास पुगेर परामर्श लिदा दूतावासले पिडितहरु स्वयमले मलेशियन प्रशासनमा उजुरी गरे सहयोग गर्न सक्ने दूतावासका कार्यबाहक राजदुत कुमार राज खरेल ले बताए पछि यो माहोलको निर्माण भएको थियो।

    नेपाली राजदुताबासले दिएको आश्वासनले नेपाली श्रमिक अगुवाहरु र यहाका सघ सस्थाहरुमा थप अन्यौल पैदा भए पछि सबैको उपस्थितिमा दूतावास लाई ध्यानाकर्षण तथा सङ्युक्त बक्तब्य बुझाउन आज नेपाली राजदुतबासमै गैर आवसिय नेपाली सघको नेतृत्वमा सघ सस्थाहरुले शेर्पा लाई कार्बही गर्न र पीडित लाई न्याय दिन माग गरेका हुन।

    के भन्छन निलम्बित पिटि शेर्पा?

    एकजना ठगी आरोप लागेका ब्यक्ती लाई कार्बहीको सिफारिस गर्न २१ ओटा सस्थाहरु तपाईं उप्पर खानिएका छन।यश बारे के भन्नू हुन्छ?र रकम लिएर स्वदेश नफर्काइएका पिडितहरुको ब्याबस्थापन कसरी हुन्छ भनेर फोन सम्पर्क गर्दा शेर्पाले बिगतमा आफू बाट कमजोरी भएको स्विकारीका छन।भने आगामी सोम्बार सम्म १० जना लाई तत्काल स्वदेश फर्काउने तयारी रहेको बताए।र स्वदेश फर्काउन नसकेका पिडितहरुको रकम फिर्ता हुने बताएका छन।

    नेपाल पठाउन भनेर महिनौ सम्म खाना बस्न सहित द गोर्खाज नेपाली रेस्टुरेन्टमा राख्दा खाना र बस्ने शीर्षकमा आज मलेशियन आर.एम -१६,०० तिरेको जानकारी दिएका छन।र तिर्न बाकी आर.एम-२०४७ रहेको जानकारी दिए भने होटेल म्याड्रीन प्यासिफिकमा आर.एम-३,००० बुझाएको पनि बताए।आफू लाई ठगी आरोप लगाएर चरित्र हत्या गरी विभिन्न मिडियामा समाचार सम्प्रेषण गरेका पत्रकार तथा समाजसेवी घनश्याम चौधरी(आर.एन)बिरुद्ध मलेशियन प्रशासनमा मानहानीको मुद्दा दर्ता गराएको छु।शेर्पाले भने।

    घनश्याम चौधरी(आर.एन)ले जिवनरक्षाका लागि निबेदन दिए।

    हमर सैनेश डटकम का प्रधान सम्पादक तथा थारु समाज मलेशियाका संरक्षक तथा नेपाल आदिबाशी जनजाती पत्रकार महासघ साखा मलेशियाका सचिब समेत रहेका चौधरीले नेपाली राजदुतावास क्वालालम्पुरमा जीवन रक्षाको लागि निबेदन दिएका छन।केही दिन अगाडि शेर्पाले नेपाली मजदुर ठगी गरेको भन्दै विभिन्न अनलाइनमा समाचार सम्प्रेषण गरे पछि चौधरी लाई आरोपित फूपू तेम्बा शेर्पाले धम्क्याएका थिए।

    आफूले गलत काम नगरेको र कुनै मजदुर लाई नठगेको सामाजिक सन्जालमा किटान गर्दै बारम्बार स्ट्याटसहरु लेख्दै हिडेका शेर्पाले आफू लाई गुण्डा लाउन सक्ने आफू असुरक्षित महसुस गरेको कारण जिवनरक्षाका लागि निवेदन दिएको निबेदनमा उल्लेख छ।भने यता आरोपित फुपु तेम्बा शेर्पा सङ सम्पर्क गरि बुझ्दा आफुले चौधरी लाई कुनै ज्यान लिने धम्की र त्रास नदिएको बताए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…