• सुनवल । रामनगर जेसीजले एक घर दुई रुख भन्ने नाराका साथ नयाँ अभियान सञ्चालन गरेको छ । सुनवल नगरपालिकाले केही महिनादेखि सुरु सञ्चालन गरेको नचभभल अष्तथ रामनगर अभियानलाई सफल बनाउन रामनगर जेसीजले यो अभियानको सुरु गरेको हो । यस अभियानमा सुनवल नगरपालिकाको सहयोग रहेको छ । अब यस क्षेत्रमा रहेका हरेक घरले दुई वटा विरुवा रोप्नु पर्ने छ ।
    रामनगर जेसीजका अध्यक्ष जेसी भोजराज चापागाईंलेको अध्यक्षता तथा सुनवल नगरपालिकाका प्रमुख भीम बहादुर थापाज्यु को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उपप्रमुख दधिराम अर्याल, वडा अध्यक्ष यमलाल पाण्डेलगायतले विरुवा रोपेका थिए ।
    एक घर दुइ रुख अभियान रामनगर जेसीजका सदस्यहरु बाटै सुरु गर्ने उदेश्यका साथ रामनगर जेसीज का सदस्यहरुलाई अध्यक्ष जेसी भोजराज चापागाईंले आप, कटहर तथा लिची का बिरुवा बितरण गर्नु भएको थियो ।उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुनवल नगरपालिका प्रमुख उप प्रमुख एवं वडा अध्यक्ष ले सुनवल नगर पालिकाको यो अभियान रामनगर जेसीजले सुरु गरेकोमा धन्यवाद दिदैँ रुखको संरक्षणमा ध्यान दिनु पर्नेमा जोड दिनु भयो । कार्यक्रमको संचालन रामनगर जेसीजका सचिब भरत पौडेल छेत्री ले गर्नु भएको थियो ।


















सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…