• धरान । गत भदौ २८ गते धरान स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सुत्केरी गराउन ल्याएकी एक महिलाको बच्चाको मृत्यु भएपछि डिउटीमा कार्यरत नर्सहरुको लापरवाही भएको भन्दै छानबिनका लागि बिरामीका आफन्तले माग गरेका छन् । सप्तरीको राजबिराज ६ का पंकज कुमार चौधरीकी श्रीमतीले ७ महिनामै जुम्ल्याहा बच्चा जन्माएकी थिएन ।

    अस्पतालमा भर्ना भएकी पंकजकी श्रीमती रिया देवले गत २८ गते बुधबार राती दुई छोरीहरु १.८५ किलोग्राम र १.२ किलोग्राम जन्माएकी थिइन । शिशुकाे मृत्यू भएपछि पिता पंकज चाैधरीले प्रतिष्ठान समक्ष घटनाकाे छानविनकाे माग गर्दै दाेषिमाथि कारवाही गर्न भनेका छन् ।

    समयै अगावै जन्म भएपछि दुवै बच्चालाई प्रतिष्ठानको एनआइसियूमा राखिएको थियो । दुबै बच्चा स्वस्थ रहेको भनिएको थियो तर, अकस्मात बुधबार राती एउटा बच्चाको स्वास्थ्यमा समस्या आयो । डाक्टर नहुँदा र अस्पतालमा भएका नर्सपनि मोवाईल खेलाएर बसिदिनाले लापरवाहीका कारण बच्चा गुमाउनु परेको मृतक बच्चाका हजुरबुबा रामकृष्ण देवले बताए । उनले बारम्बार वार्डमा कार्यरत नर्सहरुलाई बच्चालाई गाह्रो भएको भनेपनि नर्सहरुले वास्ता नगरेको आरोप लगाएका छन् ।

    मृतक बच्चाका आमा रिया छोरीको निधनले विक्षिप्त हुँदै छोरीलाई प्रयोगशाला बनाएर अस्पतालले ज्यान लिएको भन्दै न्यायको माग गरेकी छिन् ।

    बच्चाको निधन भएपछि परिवारका सदस्यलाई अस्पतालले उपचार शुल्क नलिने बताएपछि हजुरबुबा देवले प्रतिष्ठानको लापरवाहीका कारण बच्चाको ज्यान गएको भन्दै आक्रोश पोखेका छन् ।

    उनले नर्सहरुले अस्पतालमा गरेको व्यवहार र उनीहरुको बोलीले गर्दा आफुहरुले केहि गर्न नसकेको बताए । ‘हामीले कुनै कुरा सोध्दापनि डाक्टर नर्सहरुले सहि जवाफ दिएनन्, उल्टै गाली गरे ।’ उनले भने ।

    मृतक बच्चाका आफन्तले घटना हुनुमा प्रतिष्ठान ब्यवस्थापनको कमजोरी रहेको बताएका छन् । साथै उनीहरुले लापरवाही गर्ने नर्स डाक्टरलाई कारवाहीको माग गर्दै अस्पतालले कारवाही नगरे आफुहरु कानुनी उपचारका लागि जाने बताएका छन् । हाल मृतक बच्चालाई प्रतिष्ठानको मर्चरीमा राखिएको छ ।

    यता प्रतिष्ठान बालरोग बिभागकी प्रमुख डा. रुपा सिंहसँग यस बिषयमा जानकारी दिन खोज्दा उनले आफुहरुले सबै कुरा प्रशासन प्रमुख तथा मृतकका आफन्तहरुलाई जानकारी गराईसकेको भन्दै अरु कुरा भन्न मानिनन् ।

    प्रतिष्ठानका प्रवक्ता डा. पशुपति चौधरीले बच्चाको मृत्यू भएको विषय आफुलाई थाहा नभएको भन्दै अस्पताल निर्देशकबाट बुझ्न भने । यता अस्पताल निर्देशक डा. गौरीशंकर साहले भने प्रवक्ताबाट सुचना लिन भने । उनले अरु कुरा फोनमा नभन्ने जिकिर गरे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…