• काठमाडौ : विषाक्त मदिरा सेवनका कारण मलेसियामा मृत्यु भएका नेपाली कामदारको शव नेपाल ल्याइँदै छ ।

    वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार सर्लाहीका आइतसिं गोलेको शवको बिहीबार नै नेपाल ल्याई परिवारजनको जिम्मा लगाइएको छ । सुनसरीका संजय उराव र इलामका बलबहादुर कुलुङको शव परिवारको पहलमा नेपाल ल्याइसकिएको बताइएको छ ।

    रुपन्देहीका रामकुमार यादवको शव आज राति नेपाल ल्याइँदैछ । थाई एयरलाइन्सको नियमित उडानबाट यादवको शव नेपाल ल्याइने बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिनुभयो ।

    त्यस्तै सर्लाहीका शेरबहादुर ठकुरीको शव शनिबार नेपाल ल्याइने बोर्डले जनाएको छ । बोर्डका अनुसार यही असोज १४ गते भीमबहादुर घले, १६ गते विशाल बुढाथोकी, १७ गते सुकुवल घिसिङ र १८ गते विमल कार्कीको शव नेपाल ल्याइनेछ ।

    शव घरसम्म पु¥याउनका लागि सम्पूर्ण व्यवस्था बोर्डले नै गर्ने कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “बोर्डले श्रम अवधिभित्रै मृत्यु भएका कामदारको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट घरसम्म पु¥याउनका लागि गाडीको व्यवस्था गर्दै आएको छ, सोही बमोजिम मृतकका शव ढुवानीको व्यवस्था गरेका छौँ ।”

    मृतकमध्ये ठकुरी र गोले गैरकानूनी रुपमा नौ वर्षदेखि मलेशियामा बसोबास गर्दै आएको देखिएको जानकारी दिँदै उहाँले विशेष परिस्थितिका कारण मृत्युवरण गर्नुपरेकाले उनीहरुको शव सम्बन्धित स्थानमा पु¥याउन बोर्डले सहयोग गर्ने बताउनुभयो ।

    यसैबीच, श्रम अवधिभित्रै मृत्यु भएका व्यक्तिका परिवारले आर्थिक सहायता प्राप्त गर्नसक्ने बोर्डले जनाएको छ । उनीहरुले राहतस्वरुप रु सात लाख र बीमाबापत रु १२ लाख प्राप्त गर्ने छन् । मलेसियाको सेलाङ्गोर राज्य र क्वालालम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवनबाट नौ नेपालीको मृत्यु भएको थियो भने १० जना गम्भीर बिरामी परेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…