• टीकाराम उप्रेती - झापा, असोज १३ गते । एक दुई जोडीमात्र होइन, १०र१० जोडी जुम्ल्याहा त्यो पनि एउटै विद्यालयमा । सुन्दा सबैलाई आश्चार्य र अनौठोे लाग्न सक्छ तर यस्तै संयोग मिलेको छ, झापाको एउटा विद्यालयमा । एउटै विद्यालयमा १० जोडी जुम्ल्याहा बालबालिका पढ्ने गर्दछन् ।

    झापाको कचनकवल गाउँपालिका–२ सुकुनाडिकीमा रहेको लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालयमा जुम्ल्याहा बालबालिका पढ्ने यस्तो संयोग मिलेको छ । फरक फरक घरमा फरक फरक समुदाय र लिङ्ग भए पनि एउटै विद्यालयमा कसरी यो संयोग मिल्यो भन्ने बिषय थप खोज र अनुसन्धानको बिषय बनेको छ । जुम्ल्याहा बालबालिकाले परिचित यो बिद्यालयमा उनीहरूका ब्यवहारले भने सबैलाई अचम्मित बनाउने गरेको छ ।

    विद्यालयका अनुसार उनीहरूले देखाउने समान आनीबानी र चालचलन झन् चाखलाग्दो छ । जुम्ल्याहा बालबालिका प्रायःजसो आफ्ना जोडीसँग एकै प्रकारको अनुहार, झट् हेर्दा उस्तै लाग्ने कारण शिक्षकहरू नै धेरै पटक झुक्किने गरेको बिद्यालयका प्रधानाध्यापक हेमलाल आचार्य बताउनुहुन्छ ।

    उनीहरू बीचको सोच र चालचलन पनि समान नै रहेको छ । आफ्ना जोडीलाई परेको सानो दुःख समेत अर्कोले हेर्न सक्दैनन् । आफ्नो जुम्ल्याहा जोडी एकजना परीक्षामा प्रथम हुँदा अर्को आफ्ना जोडीले कम नम्बर ल्याएर दोस्रो हुँदा प्रथम हुनेले दोस्रो हुनेलाई पुरस्कार थाप्न पठाएर समेत सम्मान गर्ने गर्दछन् । यता पुरस्कार बितरण गर्ने शिक्षकले समेत यो कुरा पत्तो नपाउने गरेको विद्यालयको अनुभव छ ।

    किनमेल गर्दा समेत दुबैजनाई एकै रङको कपडादेखि बिद्यालयमा बोक्ने झोला समेत एकै प्रकारको चाहिने गरेको देखिएको एक अविभावकको अनुभव छ । एकजना बिरामी हुँदा अर्को पनि बिरामी हुनेदेखि एक जना रुँदा अर्को जोडी समेत रुने अनौठा चालचलन रहेको शिक्षक मेघनाथ दाहालले बताउनुभयो ।

    लामो समयसम्म बिद्यालयमा दैनिक पढाउँदा समेत जोडी छुट्याउन नसकिएको शिक्षकहरुले बताउनुभयो । कक्षा ५ मा अध्ययनरत जमुना गौतम आफूले शिक्षकले थाहा नपाउने गरी जुम्ल्याहा जोडी गङगालाई आफ्नो पुरस्कार थाप्न पठाएको घटना स्मरण गर्दै भन्नुहुन्छ, “युकेजीमा पढ्दा बिद्यालयमा भएको दौड प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेकी थिएँ । तर आफ्नो पुरस्कार थाप्न जुम्ल्याहा जोडी गङगालाई पठाएँ ।’’
    अनुहार हेरेर चिन्न नसकेपछि नाम र रोल नम्बरबाट मात्र जुम्ल्याहा छुट्याउने गरेको शिक्षकहरुले सुनाउनुभयो । बिद्यालयको ल्पे ग्रुपमा अध्ययनरत तीन बर्षिय गङगा र जमुना राजवंशीकी आमा कल्पना राजवंशी अन्य मानिसले छुट्याउन नसके पनि आफूले चाही सहजै चिन्ने गरेको बताउनुहुन्छ ।

    बिद्यालयले जुम्ल्याहा बिद्यार्थी भर्ना गर्ने गरी कुनै अभियान चलाएको भने होइन । जुम्ल्याहामध्ये चार जोडीको नाम गङ्गा जमुना रहेको छ भने पाँच जोडी छोरा रहेका छन् । जुम्ल्याहामध्ये कचनकवल गाउँपालिका वडा नम्बर–२ मा मात्र सात जोडी जुम्ल्याहा रहेका छन् ।

    जुम्ल्याहाहरुको सूची -
    सिनं. नाम कक्षा
    १. गङगा–जमुना श्रेष्ठ १२ पूरा
    २. प्रेमलाल–प्रेमप्रसाद राजवंशी कक्षा–८÷कक्षा–९
    ३. गङगा–जमुना राजवंशी शिशु
    ४. युजन–नुजन राई एलकेजी
    गङगा–जमुना मुर्मू कक्षा–१
    ६. गौरव–गगन खतिवडा कक्षा–३
    ७. गङगा–जमुना गौतम कक्षा–५
    ८. लक्ष्मी–पूजा गणेश कक्षा–५
    ९. भिष्म–भिम सुवेदी कक्षा–५
    १०. गायत्री–सागर खड्का कक्षा–११/कक्षा–९

    जिल्लाकै पुरानोमा पर्ने यो मावि २०२७ सालमा स्थापना भएको हो । यो विद्यालय ग्रामिण इलाकामा भए पनि अध्ययनमा अब्बल रहेको छ । नेपाल सरकार शिक्षा मन्त्रालय अन्र्तगत झापामा दुईवटा नमुना बिद्यालयमध्ये एक नुमना बिद्यालयको रूपमा यो विद्यालय हो । (गोरखापत्रबाट)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…