• रूपेन्द्र शेर्मा

    उर्लाबारी, १३ असोज ।
    इन्टरनेट प्रदायक संस्था आइजोन प्रालि उर्लाबारीले आगामी दशैं तिहारको अवसरमा सहुलियत शुल्कमा इन्टरनेट सेवा बितरण गर्ने भएको छ । सूचना प्रविधिमा सर्वसाधारणको आकर्षण बढ्दैगएकोले सबैको पहूँचमा इन्टरनेट सेवा पुर्याउने उद्देश्यले प्रालिले यस्तो अवसर प्रदान गर्न लागेको हो ।
    प्रालिले शनिबार उर्लाबारीको होटल सम्राटमा पत्रकार सम्मेलन आयोजना गरी यस्तो जानकारी दिएको हो । इन्टरनेट सेवाको पहुँच सहज, विश्वासनीय र मितव्ययिता अपनाउने उद्देश्यले सहुलियत शुल्कमा इन्टरनेट बितरण गर्न लागिएको प्रालिका प्रबन्ध निर्देशक नविन श्रेष्ठले बताउनुभयो । प्रालिले मासिक पाँच सय रुपैयाँमा इन्टरनेट सेवा बितरण गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
    २०७२ सालमा स्थापित सो प्रालिको उर्लाबारी–५ मा केन्द्रीय कार्यालय रहेको छ भने इटहरीमा क्षेत्रीय कार्यालय, इनरुवा, विराटचोक, पथरी र दमकमा शाखा कार्यालयहरु रहेका छन् । निकट भविष्यमै मधुमल्ला, धरान र विराटनगरमा शाखा बिस्तार गरिने प्रालिका निर्देशक सम्शेर आलामले जानकारी दिनुभयो ।
    १० एमबीपीएस इन्टरनेट क्षमता रहेको सो प्रालिले एमपिएलस प्रणाली समेत जडान गरेको छ । यसले इन्टरनेट सेवाको गति नियमित र सुरक्षित गर्ने जनाइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…